अब गरीबको पनि निशुल्क स्वास्थ्य बिमाः मन्त्री खतिवडा « Khabarhub

अब गरीबको पनि निशुल्क स्वास्थ्य बिमाः मन्त्री खतिवडा


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गरीब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका हुन् ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानूनी व्यवस्था पनि गरिएको जानकारी दिए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । अब गरीब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिने अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्‍याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ६ : २४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल