अब गरीबको पनि निशुल्क स्वास्थ्य बिमाः मन्त्री खतिवडा | Khabarhub Khabarhub

अब गरीबको पनि निशुल्क स्वास्थ्य बिमाः मन्त्री खतिवडा


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गरीब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका हुन् ।

नेपाल आँखा अस्पतालको ४५ औं वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुगोस् भनेर संचालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई देशभर संचालन गर्न आवश्यक नीतिगत र कानूनी व्यवस्था पनि गरिएको जानकारी दिए ।

सरकारले ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई एक लाखको निःशुल्क स्वास्थ्य बिमा गर्दै आएको छ । अब गरीब नागरिकको पनि निःशुल्क स्वास्थ्य बिमा गरिने अर्थमन्त्री खतिवडाले बताए ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच वृद्धिका लागि निजी क्षेत्रका अस्पतालहरुको पनि सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे । नयाँ संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा राखेकाले सबै नागरिकलाई सो सेवामा सहज पहुँच पुर्‍याउन सरकार लागि परेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ६ : २४ बजे

एसीसी यु-१६ सेमिफाइनलः मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा