जीप भेरी नदी बगरमा खस्यो, बालकको मृत्यु « Khabarhub

जीप भेरी नदी बगरमा खस्यो, बालकको मृत्यु


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोट डोल्पा सडकखण्डको दल्ली–तल्लुबगरस्थित नलगाड नगरपालिका–१० को दारीमपाटामा जीप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  तल्लुबगरबाट जाजरकोट सदरमुकाम खलंगातर्फ आउँदै गरेको ग १ ज ५८१२ नम्बरको जीप सडकबाट ४० मीटर तल भेरी नदी किनाराको बगरमा खसेको हो ।

दुर्घटनामा परी आठबीसकोट नगरपालिका ११ का ४ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक राजेन्द्र विक र नलगाड नगरपालिका ११ का २२ वर्षीय तेजबहादुर विकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनको जिल्ला अस्पताल जाजरकोट उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ८ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया