सेफ्टी ट्याङ्की सफा गर्दा २ को मृत्यु « Khabarhub

सेफ्टी ट्याङ्की सफा गर्दा २ को मृत्यु


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके-सेफ्टी ट्याङ्की सफा गर्नेक्रममा बाँकेमा २ जनाको मृत्यु भएको छ । कोहलपुरमा सेफ्टी ट्यांकी सफा गरिरहेका २ जनाको निस्सासिएर मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा नजिकै मंगलबार दिउसो ४ बजे सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–१० चट्टारका ५० वर्षीय कुमार थारु र चेतराम थारुको ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सेफ्टी ट्यांकी सफा गर्न भित्र पसेका थारुद्वय लामो समयसम्म बाहिर नआएपछि हेर्दा मृत्यु भएको पाइएको थियो ।

मृतकद्वयको शव सेफ्टी ट्याङ्कीबाट निकालेर पोष्टमार्टमको लागि पठाईएको इलाका प्रहरी कार्याल, कोहलपुरका प्रवक्ता मानबहादुर विसीले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको