टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनलमा « Khabarhub

टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनलमा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- डच टोली आयाक्सविरुद्व नाटकीट जीत हात पार्दै इङलिस क्लब टोटनह्याम हट्सपुर च्याम्पियन्सलिगको फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल खेलको दोस्रो लेगमा आयाक्सको घरेलु मैदानमा ३-२ गोलको जीत निकालेपछि समग्रमा ३-३ गोल भएपनि अवे गोलका आधारमा टोटनह्याम विजयी भएको हो।

बुधबार राति भएको दोस्रो लेगको खेलमा घरेलु टोलीले खेलको ५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। आयाक्सका लागि कप्तान माट्टिस डे लिग्टले अग्रता दिलाएका थिए। यसैगरी खेलको ३५ औं मिनेटमा आयाक्सका हाकिम जियाचले गोल गर्दै टोलीलाई पहिलो हाफमा दोब्बर अग्रता दिलाएउन सफल भएका थिए।

पहिलो हाफमा २-० ले अगाडि रहेको आयाक्सविरुद्द दोस्रो हाफमा टोटनह्यामले उत्कृष्ट कमब्याक गर्यो। टोटनह्यामलाई खेलमा फर्काउन लुकाज माउराले ह्याट्रिक गरे। उनले खेलको ५५ औं ५९ औं र खेलको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जीत दिलाएका थिए।

पहिलो लेगमा १-० गोलको जीत हात पारेको आयाक्स दोस्रो लेगमा पराजित भएपछि च्याम्यन्सलिगबाट बाहिरनु परेको हो। जितसँगै टोटनह्याम र लिभरपुल फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ४७ बजे

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई

ताप्लेजुङको पाथीभरा क्षेत्रमा पाँचौँ पटक हिमपात

ताप्लेजुङ– ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार

इटहरीमा आज ‘कोशी एक्सिलेन्स अवार्ड’ हुँदै  

इटहरी– कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा