प्रधानमन्त्री ओली भियतनाम प्रस्थान « Khabarhub

प्रधानमन्त्री ओली भियतनाम प्रस्थान


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गरेका छन् । भियतनाम पछि प्रधानमन्त्री ओली कम्बोडिया जानेछन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली भियतनाममा यही वैशाख २६ देखि ३० गतेसम्म‍ रहनेछन् । त्यसपछि ओली नेतृत्वको टोली वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियामा रहने छ ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रिगण र उच्च कर्मचारीले बिदाइ गरेका छन् ।

सो अवसरमा नेपाली सेनाको टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ११ : ४७ बजे

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को