घरघरमा बिजुली र पानी पुर्‍याउने योजनमा हिमाली गाउँपालिका « Khabarhub

घरघरमा बिजुली र पानी पुर्‍याउने योजनमा हिमाली गाउँपालिका


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा– जिल्लाको हिमाली गाउँपालिकाले आगामी दुई वर्षभित्र प्रत्येक घरमा बिजुली र खानेपानी पुर्‍याउने लक्ष्य लिएको छ ।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले गाउँपालिकाभित्र बसोबास गर्ने सबैको घरमा बिजुली र खानेपानी पुर्‍याउने लक्ष्य रहेको बताए । उनका अनुसार बिजुली, सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने तयारी गरिएको छ ।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका सर्वाधिक विकट मानिन्छ । बिजुली र सडक सञ्जालसंग नजोडिएको हिमाली गाउँपालिकाले आफ्नो कूल बजेटको आधाभन्दा बढी बिजुली, सडक र खानेपानीमा खर्च गर्ने जनाएको छ । कवाडी खोलाबाट बिजुली निकाल्ने गरी सम्झौता भइसकेकाले अँध्यारो गाउँपालिकाबाट मुक्त हुने दिन धेरै टाढा नरहेको अध्यक्ष मल्लको भनाइ छ ।

यसअघि आएका बिजुलीका पोल, तारसहितको सबै सामग्री सङ्कलन गरिसकिएको र हिमाली गाउँपालिका बाँधु क्षेत्रका लागि २४ लाख बजेट खर्च गरेर जगन्नाथबाट विद्युत् लिने सम्झौता गरिएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष मल्लले जानकारी दिए।

कर्णाली करिडोर जोडिए पनि हालसम्म वडा कार्यालय सडक जोड्ने कार्य शुरु गरिएको छैन । यसै आर्थिक वर्षबाट प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक निर्माण कार्य शुरु गरिने योजना गाउँपालिकाको छ । हाल ८० प्रतिशतले शुद्ध खानेपानी पीउने गरेको भए पनि पानी बोक्नुपर्ने बाध्यतालाई हटाउन घरघरमा धारा जडान कार्यलाई अघि बढाउने गाउँपालिकाले निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  २ : ०४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर