सुर्तीजन्य पदार्थको प्रयोग बढेपछि प्रहरी र अस्पतालको सक्रियता, २९ गतेबाट कारवाही « Khabarhub

सुर्तीजन्य पदार्थको प्रयोग बढेपछि प्रहरी र अस्पतालको सक्रियता, २९ गतेबाट कारवाही


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका भित्रका अस्पताल परिसरमा सुर्तीन्य पदार्थ प्रयोग गर्नेलाई कारबाही हुने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अस्पतालहरुसँग सहकार्य गरेर अस्पताल क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण निषेधको अभियान संचालन गर्न लागेको हो ।

सरकारी अस्पतालको प्रवेशद्वार मै खुल्ला रुपमा सुर्तीजन्य पदार्थको विक्री र प्रयोग बढेको र नखानु भनेर चिकित्सकले सम्झाउँदा चिकित्सकलाई नै धम्की दिने गरेको पाइएपछि खबरहबले समाचार प्रकाशित गरेको थियो ।

अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको समाचार आउँन थालेपछि प्रहरी र अस्पताल प्रशासनले यसको नियन्त्रणको लागि अभियान नै संचालन गर्न लागेको हो ।

अभियान संचालनका लागि प्रहरीले काठमडौंमा रहेका ठूला ११ वटा सरकारी अस्पतालका अस्पताल प्रमूखहरुसँग छलफल समेत गरिसकेको छ ।

आगामी वैशाख २९ गतेदेखि काठमाडौं उपत्यका भित्रका सरकारी तथा नीजि अस्पतालको १०० मिटरसम्मको क्षेत्रमा सुर्तीजन्य पदाथको प्रयोग पूर्ण रुपमा निषेध गरिनेछ ।

अभियान अन्तर्गत पहिलो चरणमा अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा रोग लगाउने र उनीहरुलाई सचेतना दिने र सचेतनाका कार्यक्रम पछि पनि अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग नरोकिए कानूनी कारबाही गरिने महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं डिएस्पी होविन्द्र बोगटीले बताए ।

आगामी वैशाख २९ गतेदेखि अस्पतालको १०० मिटरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई प्रहरी वा अस्पताल प्रशासनले जरिवाना गर्न सक्ने छ ।

‘अस्पताल क्षेत्रभित्र सुर्तीजन्य पदार्थको प्रयोग बढेपछि हामीले कानून कार्यन्वयनका लागि अभियान चलाउन लागेका छौं,’ प्रवक्ता बोगटीले खबरहबसँग भने, ‘काठमाडौंका सबै अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गर्न पाइदैन, यदि कसैले यो नियमलाई अटर गरेमा प्रहरी र अस्पताल प्रशासनले जरिवाना लिन सक्नेछ ।’

कुनैपनि व्यक्तिले कानुन पालना नगरी अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गरेमा पहिलो पटक चेतावनी दिइने र दोस्रो पटक देखि एक सय रुपैयाँ जरिवाना गरीने डिएस्पी बोगटीको भनाइ छ ।

अस्पताल क्षेत्रमा रोकिएन धुम्रपान, प्रश्न गर्दा डाक्टरलाई हप्किदप्की !

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ६ : ११ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना