ट्रम्पका छोरालाई गुप्तचर समितिले बयानका लागि बोलायो « Khabarhub

ट्रम्पका छोरालाई गुप्तचर समितिले बयानका लागि बोलायो


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गरेको भन्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरलाई अमेरिकाको माथिल्लो सदन सिनेटको गुप्तचर समितिले बयानका लागि डाकेको छ ।

सन् २०१७ मा सिनेटको न्याय समितिलाई उनले दिएको बयान र ट्रम्पका पूर्व अधिवक्ता माइकल कोहेनले सार्वजनिक रुपमा दिएको बयान आपसमा बाझिएकाले उनलाई डाकिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सिनेटको गुप्तचर समिति रुसले गरेको भनिएको राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप तथा ट्रम्प र रुसबीच भएको भनिएको साँठगाँठबारे निकै सक्रियतापूर्वक अनुसन्धान गरिरहेको छ ।

यो समितिले यसअघि दुईपटक राष्ट्रपति ट्रम्पका ज्वाई तथा सल्लाहकार जारेड कुश्नेरलाई समेत बयानका लागि डाकेको थियो ।

यसअघि न्याय समितिलाई दिएको बयानका क्रममा ट्रम्प जुनियरले रुसको राजधानी मस्कोमा बनाउन लागिएको ट्रम्प टावरको योजनाबारे आफू जानकार नरहेको जनाएका थिए । तर, कोहेनले भने तल्लो सदन ‘ओभरसाइट’ समितिलाई दिएको बयानमा ट्रम्प परिवार यो योजनामा निकै गहिरोसँग सहभागी रहेको जनाएका थिए ।

यो विषयमा कोहेन र ट्रम्प जुनियरको कुरा बाझिएकाले बयानका लागि डाक्नु परेको जनाइएको छ ।

कोहेन कर छली गरेको अभियोगमा हाल जेलमा छन् ।

यसअघि रुसले चुनावमा हस्तक्षेप गरेको विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले आफ्नो अनुसन्धान प्रतिवेदनमा ट्रम्प जुनियरले केही वित्तीय नियम पालना नगरेको उल्लेख गरेका थिए । तर, उनको अनुसन्धान प्रतिवेदनमा ट्रम्पको चुनावी अभियान तथा रुसबीच साँठगाँठ रहेको विषयमा पर्याप्त प्रमाण फेला नपरेको जनाइएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार