जोमसोम विमानस्थल स्तरोन्नतिको काम धमाधम « Khabarhub

जोमसोम विमानस्थल स्तरोन्नतिको काम धमाधम


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- हिमाल पारीको जिल्ला मुस्ताङस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङस्थित विमानस्थलको धावनमार्गको ग्रेड सुधार र कालोपत्र थप गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

८ सय १५ मिटर लामो धावनमार्गको २ सय १५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडलेले जानकारी दिए । त्यस्तै हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने उनले बताए ।

विमानस्थल स्तरोन्नतिका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत असोजमा नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आगामी दुई महिनाभित्रमा स्तरोन्नतिको काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम हुने छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावा चल्ने भएकाले उक्त समयमा जहाज अवतरण तथा उडान हुँदैन ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ३ : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस