‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी र सुहानाको जन्मदिन « Khabarhub

‘ए मेरो हजुर ३’ को सक्सेस पार्टी र सुहानाको जन्मदिन


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुहाना थापाको २२ औं जन्मदिनको अवसर पारेर चलचित्र ‘ए मेरो हजुर ३’ टिमले सक्सेस पार्टी दिएको छ । बुधवार दरबारमार्गस्थित होटल अन्नपूर्णमा एक कार्यक्रम गरेर सुहानाको जन्मदिन समेत मनाइयो ।

कार्यक्रममा फिल्म क्षेत्रका कलाकार र पत्रकारको उपस्थिति थियो । समारोहमा अनमोल केसी र सुहाना थापा मुख्य आकर्षक बनेका थिए । जन्मदिनमा सुहानाले दर्शकले दिएको मायाले आफूलाई खुशी र उत्साहित बनाएको बताइन् । यस्तै अनमोल केसीले पनि ‘ए मेरो हजुर ३’ मा दर्शकले उत्साह देखाएको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा निर्माता सुनील कुमार थापा, निर्देशक झरना थापा, दीपाश्री निरौला, अभिनेता रमेश उप्रेती, सरोज खनाल, निर्मल शर्मा लगायत उपस्थित थिए ।

समारोहमा फिल्म क्षेत्रका नायिकाहरुको भने खासै उपस्थिति देखिएन । अन्य कलाकार र फिल्म टिमको पनि उपस्थिति थियो । यस्तै गायक प्रताप दास, प्रविशा अधिकारी लगायतले स्टेजमा गीत गाएर सुनाएका थिए ।

अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको यो फिल्म गत चैत्र २९ गतेदेखि प्रदर्शन भइरहेको छ । चलचित्रले औसत समीक्षा पाएको छ भने दर्शकले व्यावसायिक रुपमा भने फिल्म सफल देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ५ : २३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई