अमेरिकी महान्यायाधिवक्ताले कंग्रेसको अवहेलना गरे : न्याय समिति « Khabarhub

अमेरिकी महान्यायाधिवक्ताले कंग्रेसको अवहेलना गरे : न्याय समिति


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको न्याय समितिले अमेरिकी महान्यायाधिवक्ता विलियम बारले कंग्रेसको अवहेलना गरेको निष्कर्ष निकालेको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपका विषयमा न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले पेश गरेको अनुसन्धान प्रतिवेदनको असम्पादित तथा सक्कल प्रति कंग्रेससमक्ष औपचारिक रुपमा प्रस्तुत नगरेको भन्दै न्याय समितिले बारलाई कंग्रेसको अवहेलना गरेको निष्कर्ष निकालेको हो ।

समितिमा भएको मतदानमा महान्यायाधिवक्ता बारले कंग्रेसको अवहेलना गरेको भन्ने पक्षमा २४ तथा विपक्षमा १६ मत आएका थिए । यससँगै सदनको पूर्ण बैठकमा यसबारे मतदान हुने जनाइएको छ । पूर्ण बैठकमा भएको मतदानले पनि उनले कंग्रेसको अवहेलना गरेको निष्कर्ष निकालेमा उनीविरुद्ध आपराधिक अभियोग समेत लाग्नसक्ने जनाइएको छ ।

यद्यपि तल्लो सदनमा डेमोक्र्याटहरुको बहुमत रहेकोमा उनीहरुले महान्यायाधिवक्ता बारविरुद्ध मतदान गर्ने सम्भावना रहेको र यसले बारलाई अफ्ठ्यारो पर्नसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् र यसअघि गत महिना विशेष अभियोजनकर्ता मुल्लरले बारसमक्ष पेश गरी बारले सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा रुस र ट्रम्पबीच साँठगाँठ रहेको कुनै प्रमाण फेला नपरेको उल्लेख थियो । यद्यपि उक्त प्रतिवेदनमा ट्रम्पले अनुसन्धानलाई प्रभावित बनाउने प्रयास गरेका १० कदम सामेल थिए ।

अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ताले महान्यायाधिवक्ता समक्ष पेश गरेको अनुसन्धान प्रतिवेदनलाई महान्यायाधिवक्ताले कंग्रेससमक्ष प्रस्तुत गर्नुपर्ने प्रावधान रहेपनि विलियम बारले कंग्रेससमक्ष प्रतिवेदन प्रस्तुत गरेका थिएनन् ।

यसअघि हाउस अफ रिप्रेजेन्टेटिभले बारलाई दुईपटक उक्त प्रतिवेदन कंग्रेस समक्ष प्रस्तुत गर्न भनेको थियो । यद्यपि उनले अटेर गरेपछि उनीले कंग्रेसको अवहेलना गरेको निष्कर्ष निकालिएको हो ।

हाउस अफ रिप्रेजेन्टेटिभको न्याय समितिले बारले कंग्रेसको अवहेलना गरेको निष्कर्ष निकाल्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विशेष अधिकारको प्रयोग गर्दै मुल्लरको प्रतिवेदनलाई कंग्रेस समक्ष पेश गर्न रोकेका थिए । यसले अमेरिकामा सरकार र कंग्रेसबीच तीब्र खिचातानीको अवस्था आएको छ भने ह्वाइट हाउस र कंग्रेस दुबैले एकअर्कामाथि आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप प्रत्यारोप गरिरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ५ : ३९ बजे

नेपाली बजारमा विशेष अफरसहित बोटका दुई नयाँ स्पिकर सार्वजनिक

काठमाडौं- भारतीय ब्रान्ड बोटले नेपाली बजारमा विशेष अफरसहित दुई नयाँ

जोन सिम्पसनको अर्धशतकमा काठमाडौंले चितवनलाई दियो १४३ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीबाट

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिका क्षेत्रमा गरिएको भूमिगत विद्युतीकरणको काम हालसम्म ८०

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र चितवनको प्रतिस्पर्धा

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज चितवन राइनोज