क्रिकेट रंगशाला निर्माण अभियानका लागि खेलकुद समिति गठन « Khabarhub

क्रिकेट रंगशाला निर्माण अभियानका लागि खेलकुद समिति गठन


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेशनले तेक्वान्डो खेलाडी दिपक बिस्टको नेतृत्वमा खेलकुद समिति गठन गरेको छ । चितवनमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि १३ सदस्यीय समिति गठन गरेको हो ।

नवगठित समितिमा खेलकुद समितिको सल्लाहकारमा ओलम्पियन बैकुण्ठ मानन्धर, फुटबलका पूर्व खेलाडी राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा रहेका छन् । यसैगरी, राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र विश्व चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई सद्भावना दुत घोषणा गरिएको छ ।

क्रिकेटलाई केन्द्रित गरी निर्माण गर्न लागिएको रंगशाला बन्दा आफूहरुले सकेको सहयोग गर्ने उद्घोष गर्दै आएका थिए । समितिले रंगशाला निर्माणका लागि देश विदेशमा आर्थिक संकलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने बताएका छन् ।

१३ सदस्यीय खेलकुद समिति

हरि खड्का (फुटबल), संगीना वैद्य (तेक्वान्दो), भरत शाह (भलिबल), विनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दीपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिबल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (बडी बिल्डिङ), सावित्रा भण्डारी ‘साम्बा’ (फुटबल), अनिल गुरुङ (फुटबल) र छुम्बी लामा (पूर्व क्यान सदस्य)

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ६ : ५६ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना