क्रिकेट रंगशाला निर्माण अभियानका लागि खेलकुद समिति गठन | Khabarhub Khabarhub

क्रिकेट रंगशाला निर्माण अभियानका लागि खेलकुद समिति गठन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेशनले तेक्वान्डो खेलाडी दिपक बिस्टको नेतृत्वमा खेलकुद समिति गठन गरेको छ । चितवनमा निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि १३ सदस्यीय समिति गठन गरेको हो ।

नवगठित समितिमा खेलकुद समितिको सल्लाहकारमा ओलम्पियन बैकुण्ठ मानन्धर, फुटबलका पूर्व खेलाडी राजु शाक्य, नेपाल क्रिकेट संघका पूर्व सीईओ भावना घिमिरे र राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा रहेका छन् । यसैगरी, राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र विश्व चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई सद्भावना दुत घोषणा गरिएको छ ।

क्रिकेटलाई केन्द्रित गरी निर्माण गर्न लागिएको रंगशाला बन्दा आफूहरुले सकेको सहयोग गर्ने उद्घोष गर्दै आएका थिए । समितिले रंगशाला निर्माणका लागि देश विदेशमा आर्थिक संकलनका लागि विभिन्न अभियान सञ्चालन गर्ने बताएका छन् ।

१३ सदस्यीय खेलकुद समिति

हरि खड्का (फुटबल), संगीना वैद्य (तेक्वान्दो), भरत शाह (भलिबल), विनोद दास (क्रिकेट), गौरिका सिंह (पौडी), दीपक श्रेष्ठ (कराँते), रुबिना क्षेत्री (क्रिकेट), सरस्वती चौधरी (भलिबल), दिपक महर्जन (बक्सिङ), महेश्वर महर्जन (बडी बिल्डिङ), सावित्रा भण्डारी ‘साम्बा’ (फुटबल), अनिल गुरुङ (फुटबल) र छुम्बी लामा (पूर्व क्यान सदस्य)

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ५६ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ