प्रधानमन्त्रीले आफ्नै गरिमालाई कायम राख्न नसकेको कांग्रेसको आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्रीले आफ्नै गरिमालाई कायम राख्न नसकेको कांग्रेसको आरोप


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पदको मर्यादालाई कायम राख्न नसकेको दावी गरेको छ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको प्रतिक्रिया दिए । बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तरवार्ता सबैलाई हेर्ने हो भने त्यसमा आम जनतालाई, संसदलाई र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको दावी गरे ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीले संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा गत २४ गते मंगलबार दिएको अभिव्यक्ति संसदीय मर्यादा विपरित रहेको उल्लेख गर्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीको उक्त गैर संसदीय भाषा हटाउने संसारभरको चलनलाई सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए/नभएको ठण्डा दिमागले सोच्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले गत बैशाख २४ गते मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि गरिएको पुरक प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो’ प्रश्न सोधेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिमा गैर संसदीय भाषा प्रयोग गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आपत्ति जनाउँदै आएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ५९ बजे

भारतले नेपाली विद्यालयलाई उपहारस्वरुप दियो ८१ वटा स्कुल बस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले विभिन्न ४८ वटा जिल्लाका ८१ विद्यालयलाई

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिँदैछन् : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालको

कृत्रिम जलाशयमा डुङ्गा सञ्चालन

तुलसीपुर (दाङ)- दाङको तुलसीपुर उपमहानगरपालिका-१ देवीस्थानस्थित जम्मुचिरा जलाशय(ड्याम)मा डुङ्गा सञ्चालनमा

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौं- संयुक्त राष्ट्रसङ्घ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा

जेन-जी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले

काठमाडौं- गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह