को हुन् मिस नेपालको ताज पहिरिने अनुष्का ? « Khabarhub

को हुन् मिस नेपालको ताज पहिरिने अनुष्का ?


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ सन २०१९ को मिस नेपालको ताज पहिरिन सफल भएकी छिन् । उनले सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै ताज चुम्न सफल भएकी हुन् ।

निर्णायकले सोधेको ‘हामीले अधिकारभन्दा कर्तव्यमा बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसार समाज उत्कृष्ट बनाउन सकिन्थ्यो, तपाईंको के राय छ ? भन्ने प्रश्नको जवाफमा उनले कर्तव्य र अधिकार एकै सिक्काका दुई पाटा रहेको कुरा सुन्दै आएको भन्दै उनले सबैले आ–आफ्नो स्तरमा आफ्नो जिम्मेवारी निर्वाह गरेमा संसार स्वतः सुन्दर हुने जवाफ दिएकी थिइन् ।

उनी मिस नेपाल प्रतियोगिताकै लागि केही दिन अघि मात्र अष्ट्रेलियाबाट नेपाल आएकी हुन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी  उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् । उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत छिन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४५ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी