मलेसियामा ९ नेपालीसहित १ सय आप्रवासी कामदार पक्राउ | Khabarhub Khabarhub

मलेसियामा ९ नेपालीसहित १ सय आप्रवासी कामदार पक्राउ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियामा ९ जना नेपालीसहित १ सय जना आप्रवासी कामदार पक्राउ परेका छन् । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको स्थानिय सञ्चारमाध्यमका समाचारमा उल्लेख छ ।

अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिए पनि आफनो देश नफर्कि रोजगारी गरिरहेका आप्रवासी कामदारमाथि मलेसियाको अध्यागमन विभागले धरपकड गरेर नियन्त्रणमा लिएको हो ।

अध्यागमनका कर्मचारीले बिहीवार सिटी सेन्टरमा जाँच गर्दा अवैध रुपमा काम गरिरहेका कामदार पक्राउ परेका हुन् ।

मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिएको थियो । त्यसपछि वैधानिक नबनेका कामदारलाई पक्राउ गर्ने अभियान सुरु गरिएको जनाइएको छ । अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको भन्दै यो क्रमलाई निरन्तरता दिने अध्यागमनले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : ३३ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार