के अभिषेकले ऐश्वर्यालाई प्रस्ताव गरेका थिए? ऐश्वर्याले खुलाइन् « Khabarhub

के अभिषेकले ऐश्वर्यालाई प्रस्ताव गरेका थिए? ऐश्वर्याले खुलाइन्


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड हस्ती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध समयसँगै थप बलियो हुँदै गएको छ । साल २००७ मा दुईले बिहे गरेका थिए । वर्तमानमा यी दुईकी एक छोरी पनि छिन्, जसको नाम आराध्या हो । जोडीले बिहेपछि कैयन् फिल्ममा एकसाथ काम पनि गरे । हालै एक अन्तर्वार्तामा ऐश्वर्याले आफ्नो करिअर र व्यक्तिगत जीवनका बारेमा खुलासा गरिन् ।

ऐश्वर्या र अभिषेकबीच के बारेमा बढी बहस हुन्छ भन्ने विषयमा कुरा गर्दै ऐश्वर्याले सुनाइन्, ‘स्वभाविक रुपमा हामीबीच मजबूत सम्बन्ध छ, बहस गर्नका लागि हामीबीच एकदमै सानो लाइन छ, जुन विषयमा पनि हामी निकै चर्चा गर्छौँ ।’

उनले अगाडि थपिन्, ‘हाम्रो बिहे भएको बाह्र वर्ष भइसक्यो, बिहेअघि पनि हामी लामो समय साथी थियौँ, हामीले एकअर्कालाई लामो समयदेखि जानेका पनि थियौँ,सधै धेरै कुरा ग–यौँ, हामीले जुन विषयमा पनि कुरा गर्छौँ ।’

ऐश्वर्याले आफूलाई पहिलो अभिषेकले प्रपोज गरेको पनि बताइन् । उनले भनिन्, ‘अभिषेकले मलाई प्रपोज गरे, तर त्यो निकै फटाफट भएको थियो ।’

यी दुईले एकसाथ कैयन् फिल्ममा काम गरिसकेका छन् । यो जोडीलाई अब फिल्म ‘गुलाब जामुन’ मा एकपटक फेरि एकसाथ देख्न पाइनेछ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २० बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध