के अभिषेकले ऐश्वर्यालाई प्रस्ताव गरेका थिए? ऐश्वर्याले खुलाइन् | Khabarhub Khabarhub

के अभिषेकले ऐश्वर्यालाई प्रस्ताव गरेका थिए? ऐश्वर्याले खुलाइन्


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड हस्ती अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध समयसँगै थप बलियो हुँदै गएको छ । साल २००७ मा दुईले बिहे गरेका थिए । वर्तमानमा यी दुईकी एक छोरी पनि छिन्, जसको नाम आराध्या हो । जोडीले बिहेपछि कैयन् फिल्ममा एकसाथ काम पनि गरे । हालै एक अन्तर्वार्तामा ऐश्वर्याले आफ्नो करिअर र व्यक्तिगत जीवनका बारेमा खुलासा गरिन् ।

ऐश्वर्या र अभिषेकबीच के बारेमा बढी बहस हुन्छ भन्ने विषयमा कुरा गर्दै ऐश्वर्याले सुनाइन्, ‘स्वभाविक रुपमा हामीबीच मजबूत सम्बन्ध छ, बहस गर्नका लागि हामीबीच एकदमै सानो लाइन छ, जुन विषयमा पनि हामी निकै चर्चा गर्छौँ ।’

उनले अगाडि थपिन्, ‘हाम्रो बिहे भएको बाह्र वर्ष भइसक्यो, बिहेअघि पनि हामी लामो समय साथी थियौँ, हामीले एकअर्कालाई लामो समयदेखि जानेका पनि थियौँ,सधै धेरै कुरा ग–यौँ, हामीले जुन विषयमा पनि कुरा गर्छौँ ।’

ऐश्वर्याले आफूलाई पहिलो अभिषेकले प्रपोज गरेको पनि बताइन् । उनले भनिन्, ‘अभिषेकले मलाई प्रपोज गरे, तर त्यो निकै फटाफट भएको थियो ।’

यी दुईले एकसाथ कैयन् फिल्ममा काम गरिसकेका छन् । यो जोडीलाई अब फिल्म ‘गुलाब जामुन’ मा एकपटक फेरि एकसाथ देख्न पाइनेछ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २० बजे

आर्यन, पल र प्रदीप एउटै फिल्ममा

काठमाडौं – अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह

आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आयात प्रतिस्थापनका लागि

निर्वाचन पद्धतिलाई वैज्ञानिक बनाउनुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

गण्डकीमा तीस हजार सवारीसाधनको कर उठेन

गण्डकी – गण्डकी प्रदेशमा दर्ता भएका झन्डै ३० हजार सवारीसाधनका

सिरहामा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु