खेल मैदानमा पानी जमेपछि डीपीएल पछि सर्यो « Khabarhub

खेल मैदानमा पानी जमेपछि डीपीएल पछि सर्यो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– केही दिन यता परेको लगातारको पानीले आजबाट हुने भनिएको धनगढी प्रिमियर लिग (डीपीएल) प्रभावित भएको छ । खेलमैदानमा पानी जमेपछि खेल दुई दिन पछि मात्र हुने आयोजनकले जानकारी दिएको छ ।

वर्षाका कारण कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा अब सोमबारबाट प्रतियोगिता सुरु हुनेछ । फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुने छ । सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । राउण्ड रविनको आधारमा हुने खेलमा शिर्ष चार टोली प्ले अफ पुग्ने छन् । पहिलो प्ले अफ फागुण ८ गते हुने छ । तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर खेल फागुन ९ गते हुने छ ।

दोस्रो क्वालिफायर खेलमा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच फागुन १० गते हुने छ । विजेता टोली पहिलो क्वालिफायरको विजेतासँग फागुन ११ गते उपाधिको लागि भिड्ने छ ।

डसिएले शुक्रबारमात्र सहभागी ६ टोलीका कप्तानको सहभागितामा डिपिएलको ट्रफी सर्वाज्निक गरेको थियो । प्रतियोगिताका गुडविल एम्बेसेडर जोन्टी रोड्स र डिसिएका का अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरेका थिए । यसपटकको डिपिएल विजेताले ३० लाख रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १ : ०० बजे

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल