यसरी रोकियो नेपाली कम्युनिस्ट नेताको भेनेजुएला यात्रा « Khabarhub

यसरी रोकियो नेपाली कम्युनिस्ट नेताको भेनेजुएला यात्रा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका झन्डै २५ जना नेता सम्मेलनमा भाग लिन र ऐक्यबद्धता जनाउन भन्दै ल्याटिन अमेरिकी मुलुक भेनेजुएला जान लागेका थिए।

तर देशभित्रै भेनेजुएलाको सन्दर्भलाई लिएर अमेरिकासँग सम्बन्ध चिसिएको तथा सरकार र पार्टीबीच विवाद देखापरेपछि त्यहाँ जाने उनीहरूको कार्यक्रम स्थगित भएको छ।

भेनेजुएलामा राष्ट्रपति निकोलस मदुरो र विपक्षी नेता ह्वान गुएइदोबीचको संघर्षमा विश्व ध्रुव्रीकृत भएको छ।

नेकपाले मदुरोको पक्षमा वक्तव्य जारी गरेपछि नेपाल पनि विवादमा तानिएको थियो।

यस विषयलाई लिएर नेकपाकै दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका भनाइ नै फरकफरक आएका थिए।

नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले केही दिन पहिले नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई भेनेजुएला जानका लागि निम्तो बाँडेका थिए। आवश्यक भिसा र टिकटको पनि प्रबन्ध भइसकेको थियो।

बाँस्कोटाले प्रचण्डलाई निकोलस मदुरोको पक्षमा वक्तव्य जारी गर्न लगाएका भनेर उनी चर्चामा आएका थिए।

किन रोकियो कार्यक्रम
एक वर्ष अगाडि गठन भएको इन्टरनेसनल एसेम्ब्ली अफ पिपल्स अर्गनाइजेसन अफ मुभमेन्टले गर्न लागेको एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन नेताहरू त्यहाँ जाने कार्यक्रम रहेको थियो।

हाललाई भ्रमण स्थगित भएको बाँस्कोटाले बताए।

उनले भने, ‘सम्मेलन २२ देखि २७ फेब्रुअरीसम्म हुने कार्यक्रम तय भएको थियो तर परिस्थितिजन्य कारणले अहिले स्थगित भएको छ।’

इन्टरनेसनल कोअर्डिनेसन कमिटीमा नेपालको प्रतिनिधित्व बाँस्कोटाले गरेका छन्।

कार्यक्रम भेनेजुएलामा गर्ने कि अर्को देशमा गर्ने भन्ने बारेमा नयाँ निर्णय लिइने बताइएको छ।

को-को नेता जानेवाला थिए भेनेजुएला
उक्त कार्यक्रममा जानका लागि निम्तो पाउने शीर्ष नेताहरूमा माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ रहेका थिए।

निम्तो दिने बेलामा नेता नेपालसँगै रहेका प्रेस सल्लाहकार विष्णु रिजालका अनुसार नेपालले आफू नजाने जानकारी गराएका थिए।

बाँस्कोटाले उक्त सम्मेलनका लागि निम्तो दिइएका सबैको नाम भने बताउन चाहेनन्।

उनले भने, ‘शीर्ष तहकै नेतृत्वमा नेकपा र जनमोर्चाका २२/२५ जना जाने कुरा थियो तर अब सम्मेलन स्थगित भइसकेकाले नाम भनेर काम छैन।’

सो सूचीमा महिला सङ्गठन र किसान सङ्गठनका नेताहरूको संख्या धेरै रहेको बताइएको छ।

उनले सम्मेलन स्थगित भएको बताए पनि सम्मेलनमा जानका लागि निम्तो पाएका राष्ट्रिय जनमोर्चाको किसान सङ्गठनका अध्यक्ष भैरव रेग्मीले भने कार्यक्रममा जानका लागि तयारीमै लागिरहेको बताए।

उनले भने, ‘सम्मेलन हो तर मुख्य उद्देश्य राजनीतिक भेटघाट र ऐक्यबद्धता जनाउन जान लागेका हौं।’

उनीसँगै उनको पार्टीका प्रदेशसभा सदस्य तारा जिसी जाने कार्यक्रम रहेको उनले बताएका थिए।-बिबिसी

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : ३० बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट