दुर्घटनाका घाइतेको पीडा, उपचार नपाउँदा ज्यान जोखिममा « Khabarhub

दुर्घटनाका घाइतेको पीडा, उपचार नपाउँदा ज्यान जोखिममा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा-  प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओली चढेको कार बिहीबार साँझ करीब साढे ५ बजे दाङमा बससँग ठोक्किएर दुर्घटना भयो । दुर्घटनामा गम्भीर घाइते भएका सांसद ओलीलाई लमहीस्थित अस्पतालले उपचारका लागि तत्कालै कोहलपुर शिक्षण अस्पतालमा सिफारिश गर्‍यो ।

लमहीदेखि कोहलपुरको करीब १२५ किलोमिटर पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाका घाइते हेर्ने कुनै स्वास्थ्य संस्था छैनन् । “बाँकेको अगैयासम्म आउँदा राम्रोसँग श्वास फेर्नुभएको थियो, त्यहाँबाट यता धेरै समस्या भयो”, उनीसँगै एम्बुलेन्समा आएका नारायण छम्पालीले भने ।

तीन घण्टापछि राति करीब ७.४५ बजे शिक्षण अस्पताल कोहलपुर ल्याउँदा सांसद ओलीको अवस्था अत्यन्त गम्भीर रहेको स्वास्थ्यकर्मी बताउँछन् । उनको उपचारमा खटिएका शिक्षण अस्पतालका चिकित्सक दिनेश श्रेष्ठले २० मिनेटमात्र ढिलो अस्पताल पुर्या‍एको भए उपचार गर्न कठिन अवस्था आउने बताए ।

“दुर्घटनाका घाइतेलाई तुरुन्तै उपचार भयो भने मानवीय क्षति कम हुन्छ, तर हामीकहाँ अस्पताल टाढा छन्”, डा श्रेष्ठले भने, “बिरामीलाई कहाँ के चोट लागेको छ त्यसको पहिचान गरी प्राथमिक उपचार गर्न सके विस्तारै सुधार आउँछ, तर हामी प्राथमिक उपचारसमेत नगरी लामो दूरीमा हिँडाउँदा बिरामीले उपचारै नपाएर ज्यान जोखिममा हुने गरेको छ ।”

बाँकेको कोहलपुर र नेपालगञ्जस्थित शिक्षण अस्पताल र भेरी अस्पतालमा साविकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट दुर्घटनाका बिरामी आउने गरेका छन् । सामान्य बिरामीले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पाउने गरेपनि गम्भीर बिरामीलाई कोहलपुर र नेपालगञ्ज ल्याउने क्रममा उपचारै नपाएर अवस्था गम्भीर हुने गरेको उनको भनाइ छ । चन्दले दुर्घटनास्थलदेखि अस्पतालको आपत्कालीन कक्षसम्म स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुनसके मानवीय क्षति स्वाभाविक रूपमा कम हुने बताए ।

मुख्य राजमार्गमा प्रत्येक ३० किलोमिटरमा तालिमप्राप्त चिकित्सकसहितको राजमार्ग द्रुत उद्धार सेवा हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालमा उक्त व्यवस्था नहुँदा समस्या देखिएको महामारी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक प्रकाश शाह बताउनुहुन्छ । सडक दुर्घटनामा परेका घाइतेलाई बचाउन राजमार्गमा द्रुत उद्धार स्वास्थ्य सेवा जरुरी रहेको उनको भनाइ छ ।

नेपालमा प्रति एक लाखमा सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइएकाले अब स्थानीय तह र प्रदेशस्तरबाट राजमार्गमा तालीमप्राप्त चिकित्सकसहितको राजमार्ग द्रुत उद्धार समूह निर्माण तथा परिचालन गर्न सातै प्रदेशमा तयारी भएको महाशाखाका प्रमुख चिकित्सक शाहले बताए ।

भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा रुपानन्द अधिकारीले घाइतेले सक्दो छिटो उपचार पाउन सके स्वास्थ्यमा सुधार आउने भएकाले द्रुत स्वास्थ्य उद्धारको नीतिगत व्यवस्था हुनुपर्ने बताए ।

भेरी अस्पतालमा बढी दुर्घटनाका घाइते आउने गरेको उल्लेख गर्दै उनले भने, “घटनास्थलमा मेडिकल टिम नहुँदा कुन घाइतेलाई कहाँ सिफारिश गर्ने र कस्तो उपचार गराउने भन्नेमै अन्योल हुन्छ, त्यसले घाइतेको अवस्था गम्भीर बन्न जान्छ ।”

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : ३३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा