‘समर लभ’ समीक्षा : उपन्यास बिर्सेकै राम्रो ! « Khabarhub

‘समर लभ’ समीक्षा : उपन्यास बिर्सेकै राम्रो !



काठमाडौं– नेपालमा साहित्यिक कृतिमाथि बनेका चलचित्रले दर्शकको साथ खासै पाउन सकेका छैनन् । अर्कातिर मेकरले पुस्तकमाथि फिल्म निर्माण गर्ने जोखिम उठाउन भने छोडेका छैनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’ हरेक नेपालीमाझ लोकप्रिय भए पनि यो खण्डकाव्य फिल्म बनेर आउँदा दर्शकको रोजाइ बन्न सकेन । सुबिन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ को कथालाई आधार बनाएर मुस्कान ढकालले निर्देशन गरेको फिल्म ‘समर लभ’ ले पनि दर्शकलाई त्यो दुनियामा लैजानबाट चुकेको छ, जुन दुनियाको उत्कर्षमा उपन्यासले पाठकलाई शयर गराउँछ ।

फिल्म दृश्य भाषा हो । उपन्यासलाई पाठकले आफ्नो कल्पनाअनुसार नयाँ तरिकाले पात्रलाई आफूअनुकूल लैजान सक्छन् । पाठकले कल्पना गरिसकेको उपन्यासलाई विषय बनाएर फिल्म बनाउनु झन् जोखिमपूर्ण काम किन पनि हो भने दर्शकलाई फिल्मको कथा पहिले नै थाहा हुन्छ । रिभिल भइसकेको कथानकका आधारमा दर्शकलाई प्रस्तुतीकरण र स्किृप्टका माध्यमबाट नै कथा भन्नुपर्ने हुन्छ । यस अर्थमा निर्देशक ढकालले रोजेको उपन्यास आफैमा सह्रानीय प्रयास हो ।

तर, फिल्म ‘समर लभ’ दृश्य भाषाको सशक्त माध्यम बन्न धेरै कुराले चुकेको छ ।

उच्च शिक्षा अध्ययन गर्न विराटनगरबाट काठमाडौं आएको अतीत शर्मा (आशिष पिया) टीयु (त्रिभुवन विश्वविद्यालय) मा टाँसिएको नाम लिस्टमा टपर साया शर्मा (रेवती क्षेत्री) को नाम देख्दा नै सायाप्रति आर्कषणमा पर्छ । कलेजमा पहिलो दिन सायालाई नदेख्दा आत्तिएको अतीतले जब सायालाई पहिलोपटक देख्छ, ऊसँग प्रेममा पर्न थाल्छ । यसअघि कहिल्यै प्रेममा नपरेको अतीतलाई सायाले पनि केही ‘स्पेस’ दिन्छे । त्यही स्पेसका कारण अतीत र साया झन् नजिकिँदै जान्छन् । समय बित्दै जाँदा साया र अतीतको प्रेम जीवन नजिकसँगै टाढा पनि हुँदै जान्छ । उपन्यास पढेका दर्शकलाई फिल्मको बाँकी कथा पक्कै थाहा छ, नपढेका दर्शकले बाँकी कथा बुझ्न फिल्म हेर्दा उपयुक्त हुन्छ ।

चलचित्रमा मुख्य भूमिका निभाएका आशिष पिया र रेवती क्षेत्रीको अभिनयमा त्यति दम छैन । दर्शकका लागि बिझ्ने सबैभन्दा ठूलो समस्या के हो भने उपन्यासमा वर्णन गरिएझैँ ती पात्र दर्शकले फिल्ममा पाउँदैनन् । पात्रको प्रस्तुतीकरण र चयन निर्देशकलाई मात्र मन परेर पुग्दैन । दर्शकले पात्रलाई अतीत र सायाका रुपमा स्वीकार्नुपर्छ । निर्देशकले आशिष पिया र रेवती क्षेत्रीलाई उपन्यासको पात्रको चरित्रमा उतार्न सकेका छैनन् । फिल्मको सबैभन्दा कमजोर देखिने पक्ष यही हो ।

अभिनयमा पनि दर्शकको मन प्रभावमा पर्ने गरी कुनै कलाकारको अभिनय देखिँदैन । फिल्मकी मुख्य नायिका रेवती क्षेत्रीको अभिनय सन्तोषजनक छ । डायलग डेलिभरीमा समस्या देखिन्छ । अन्य पात्रको अभिनय पनि औसत छ । यद्यपि आशिष र नम्रता सापकोटाको कामले दर्शकलाई केही हदसम्म चित्त बुझाउने अवस्था सिर्जना गर्छ । तुलनात्मक रुपमा हेर्ने हो भने फिल्मका कलाकार र निर्देशकले उपन्यासको मूल मर्म र पात्रको मनोविज्ञान बुझ्न नसकेको स्पष्ट हुन्छ । बरु सहायक भूमिकामा देखिएका शिशिर भण्डारी पात्रमा फिट देखिन्छन् । भलै अतीतले देश छोड्दा एअरपोर्टबाट आमालाई फोन गर्दाको दृश्य, टीयु कलेजभित्रका केही दृश्य र नर्वेका सीमित दृश्यले भने प्रभावित पार्छन् ।

फिल्मको ब्याकग्राउण्ड म्युजिक लाउड छ । सिनेमाटोग्राफी औसत छ । बरु गीतले फिल्म अगाडि बढाउन मद्दत गर्छन् । गीत संगीत राम्रै छन् ।

संवाद र स्किृप्टमा त्यति कमजोर नदेखिए पनि फिल्मका हरेक दृश्यमा अभिनय कम संवाद धेरै भएको हो कि भन्ने महसूस हुन्छ । निर्देशकले फिल्मको प्रस्तुतीकरणमा सकिने जति कलात्मकता दिन सकेका छैनन् । त्यसो त फिल्मको बलियो पक्ष भनेको यही कथानक नै हो । केही अनावश्यक संवादलाई छोड्ने हो भने संवाद र कथानकको चयन चित्तबुझ्दो छ । केही दृश्यमा उपन्यास नपढेका दर्शकलाई उपन्यासको घटनाक्रम बुझ्न हम्मे पर्छ ।

फिल्मको प्रस्तुतीकरण र कथा केही सामान्य रुपमा अगाडि बढ्छ । केही दृश्यले दर्शकलाई सन्तुष्टि दिन्छन् । प्रेमकथा मन पराउने दर्शकका लागि भने यो फिल्म राम्रो खुराक बन्न सक्छ । उपन्यास बिर्सेर फिल्म हेर्ने हो भने लभस्टोरी मन पराउने दर्शकका लागि भने हेर्दा मन भुलिने फिल्म हो, ‘समर लभ’ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : ५३ बजे

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी– वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश

सरकारका सय दिने कार्यक्रमबारे कांग्रेस सभापति थापाले आज धारणा राख्ने

काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र