हवाई र सडक यातायातलाई प्रभावकारी बनाउन सके भारतीय पर्यटक बढ्ने भनाइ « Khabarhub

हवाई र सडक यातायातलाई प्रभावकारी बनाउन सके भारतीय पर्यटक बढ्ने भनाइ


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी (भारत)-  भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि उत्तरपूर्वी भारतका विभिन्न स्थानमा आयोजित कार्यक्रमअन्तर्गत शुक्रबार साँझ गुवाहाटीमा भारतीयले उक्त सुझाव दिँदै यी कुरा प्रभावकारी बनाए आफूहरू पर्यटक पठाउन तयार रहेको बताए ।

टूर अपरेटर एशोसिएसन अफ अछामका सचिव कुलदीप शर्माले सीमा जोडिएको छिमेकी राष्ट्र नेपालको विद्यमान हवाई एवं सडक यातायत सेवा सहज नभएको टिप्पणी गरे।हवाई सेवा र सडक यातायात सेवालाई प्रभावकारी बन्न सके उत्तरपूर्वी भारतका पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले बताए ।  धर्म संस्कृति एवं भूगोल आदिका कारण स्वभाविक रुपमै नेपाल भारतीय नागरिकको रोजाइमा पर्ने उनको भनाइ छ । गुवाहाटीका पर्यटन व्यवसायी सञ्जीव क्षेत्रीले सीमा नाकास्थित नेपालको चन्द्रगढी विमानस्थलबाट पोखरालाई सिधैँ हवाई सम्पर्क गनुपर्ने बताए ।

सिमानाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल पुग्ने बाटो वर्षात्मा हिलो र हिउँदमा धुलो हुने गरेको बताउँदै उनले सडक तथा हवाई सञ्जालजस्ता आधारभूत कुरालाई तत्काल व्यवस्थित बनाउन सुझाव दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले नेपाल भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य भएको बताए । नेपालको भ्रमण गरिदिन आग्रह गरे ।  नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भारतीय पर्यटन हवाई मार्गका साथै स्थलमार्ग हुँदै वर्षेनी ठूलो सङ्ख्यामा नेपाल जाने गरेको बताए ।

पर्यटक आगमनका दृष्टिले नेपालका लागि उत्तरपूर्वी भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै उनले पछिल्ला वर्ष यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित आफूहरू आउने गरेको धारणा राखे ।  नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्ग हुँदै आएका छन् ।सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाईमार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडकमार्गबाट आएका छन् । कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष तारानाथ पहारीलगायतले नेपालको पर्यटनका लागि भारत महत्वपूर्ण स्थल भएको चर्चा गर्दै हवाई एवं सडक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेजस्ता सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने बताए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : ४५ बजे

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

एजेन्सी– हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण

ककरोच जनता पार्टीको प्रदर्शनमा सोनम वाङचुकको समर्थन, दिल्लीमा सुरक्षा कडा

काठमाडौं– भारतको नयाँ दिल्लीस्थित ऐतिहासिक जन्तरमन्तरमा शनिबार ककरोच जनता पार्टी

दार्चुलामा रक्तदाता समूह पहिचान अभियान

दार्चुला– नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा उपसमितिको आयोजना तथा

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ- मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा