बागमती सफाई अभियान ३ सय औं हप्तामा « Khabarhub

बागमती सफाई अभियान ३ सय औं हप्तामा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती सफाई अभियानको ३ सय औ हप्ताको अवसरमा राजधानी काठमाण्डौमा विशेष कार्यक्रम गरिएको छ ।

शनिबार काठमाण्डौको शंखपार्कमा गरिएको बागमती सफाई महाअभियानको ३ सय आंै हप्ताको विशेष कार्यक्रममा सरकारका मन्त्रीहरु, सफाई अनियानका अभियन्ताहरु, नागरिक समाजका अगुवा, सर्वसाधरण लगायतको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राई, खानेपानी मन्त्री बिना मगर र बन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री विना मगरले बागमती सरसफाई महाअभियानले आम नेपाली जनतालाई सरसफाईको महत्व र प्राकृतिक सुन्दरताको अपरिहार्यतालाई दर्शाउन सफल भएको बताए । शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले धर्तीलाई जननी मान्ने धार्मिक विश्वास रही आएको भन्दै जन्मदिने जननीलाई फोहर गर्न नदिन सबै नेपाली उद्त हुनुपर्नेमा जोड दिए ।

यसैबीच, कार्यक्रममा प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ४ सय ४० वटा सौर्य बत्तीको उद्घाटन गर्नुभएको थियो । त्यसैगरी सरसफाई अभियानका अभियन्ताहरुलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । निरन्तरको झरिका बाजजुत पनि कार्यक्रममा सर्वसाधरण र अभियन्ताहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २० बजे

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई

जेन-जी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : हमाल

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह