मुलुकको अर्थतन्त्र धरासायीः डा.भट्टराई « Khabarhub

मुलुकको अर्थतन्त्र धरासायीः डा.भट्टराई


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको पहाडी क्षेत्रको अर्थतन्त्र कमजोर अबस्थामा रहेको भन्दै चिन्ता जनाएका छन् ।

मध्येपहाडी–पुष्पलाल लोकमार्ग हुदै नेपालको पहाडी जिल्लाहरुको भ्रमणको क्रममा नुवाकोट पुगेका डा. भट्टराईले मध्ये पहाडी सडक विस्तारले केही सुधारका संकेत देखिए पनि कृषिमा आधारित पहाडको जनजीवन पछिल्ला वर्षहरुमा थप बिग्रदै गएको भन्दै यसलाई गम्भीर रुपमा हेर्नुपर्ने बताए ।

यात्राको क्रममा विदुरमा शनिबार आयोजित ‘असल राजनीति र समावेशी विकासको लागी जनसंवाद’ कार्यक्रममा उनले पहाडी क्षेत्रमा कायम रहेको परम्परागत खेतीले बाली उब्जनीमा निरन्तरको ह्रास, युवालाई कृषि क्षेत्रप्रति आकर्षण गराउन नसक्नु तथा पानीका मुहान सुकेर सिचाईको अभावमा उर्भरभूमि बाझै रहेको देखिएकाले मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन चुनौती देखिएको बताए ।

पहाडी क्षेत्रको जनजीवन बुझ््न तथा २०६५ सालमा आफू अर्थमन्त्री हुदाँ प्रस्ताव गरेको मध्येपहाडी सडक निर्माणलाई तोकिएको समयमा सम्पन्न गराउने उद्देष्यले पाँचथरको चिवाभञ्याङबाट शुरु गरेको नयाँ शक्ति पार्टीका संयोजक भट्टाराईको यात्रा नुवाकोटबाट पश्चिमी खण्ड प्रस्थान शुरु भएको छ । मध्येपहाडी लोकमार्ग अन्तरगत पूर्वी खण्डको यात्रा पूरा गरेका उनले मध्येविन्दुमा रहेको नुवाकोटको पाटीभञ्याङहुदै शनिबारदेखि पश्चिम खण्डको यात्रा तय गरेका छन् ।

नुवाकोटहुदैँ बैतडीको झुलाघाटसम्मको यात्रा आगामी फागुन १५ भित्र पूरा गर्नेगरी नयाँ शक्ति पार्टीको सचिवालय सहितको टोली यात्रामा समावेश भएको छन् । हाल निर्माण भइरहेको मध्येपहाडी सडकको नुवाकोटमा रेखाङ्कन समेत अझै अस्पष्ट रहेको प्रति उनले असन्तुष्टि जनाए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ५ : ४४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार