मस्जिदमा गोली हान्नेलाई आजीवन कारावास « Khabarhub

मस्जिदमा गोली हान्नेलाई आजीवन कारावास


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानाडाको एउटा मस्जिदमा गोली हानेर ६ जनाको हत्या गर्ने एक युवकलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २०१७ मा कुबेक शहरमा रहेको मस्जिदमा गोली हानेर ६ जनाको ज्यान लिने अलेक्जान्द्र बिसोनेटलाई कुबेकमा रहेको अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।

उनले ४० वर्षको सजाय नभोगेसम्म माफीको हकदार नहुने समेत अदालतले फैसला गरेको छ । सन् २०१७ को जनवरी महिनामा शुक्रबारको प्रार्थानासभापछि मस्जिदभित्र पसेर बिसोनेटले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको थियो भने अरु दर्जनौँ घाइते भएका थिए । त्यसबेला प्रधानमन्त्री जस्टिन टु«डोले आक्रमणलाई आतंकवादी आक्रमणको संज्ञा दिँदै निन्दा गरेका थिए ।

अदालतमा अभियोजनकर्ताहरुले बिसोनेटलाई हदैसम्मको कारवाहीको माग गरेका थिए । तर, न्यायाधीश फ्रास्वाँ हटले क्यानाडामा मृत्युदण्डको सजाय दिने व्यवस्था नभएकाले उनलाई आजीवन कारावासको फैसला सुनाएका हुन् । क्यानाडामा यस्ता गोलीकाण्डलाई निकै दुर्लभ मानिन्छ ।

आक्रमण आतंकवादी मनसायबाट प्रभावित नभएपछि मुसलमान धर्मावलम्बीप्रति अत्यधिक घृणाबाट प्रेरित भएको न्यायाधीश हटले फैसला सुनाएका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : १४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार