मस्जिदमा गोली हान्नेलाई आजीवन कारावास | Khabarhub Khabarhub

मस्जिदमा गोली हान्नेलाई आजीवन कारावास


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानाडाको एउटा मस्जिदमा गोली हानेर ६ जनाको हत्या गर्ने एक युवकलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २०१७ मा कुबेक शहरमा रहेको मस्जिदमा गोली हानेर ६ जनाको ज्यान लिने अलेक्जान्द्र बिसोनेटलाई कुबेकमा रहेको अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।

उनले ४० वर्षको सजाय नभोगेसम्म माफीको हकदार नहुने समेत अदालतले फैसला गरेको छ । सन् २०१७ को जनवरी महिनामा शुक्रबारको प्रार्थानासभापछि मस्जिदभित्र पसेर बिसोनेटले जथाभावी गोली चलाउँदा ६ जनाको ज्यान गएको थियो भने अरु दर्जनौँ घाइते भएका थिए । त्यसबेला प्रधानमन्त्री जस्टिन टु«डोले आक्रमणलाई आतंकवादी आक्रमणको संज्ञा दिँदै निन्दा गरेका थिए ।

अदालतमा अभियोजनकर्ताहरुले बिसोनेटलाई हदैसम्मको कारवाहीको माग गरेका थिए । तर, न्यायाधीश फ्रास्वाँ हटले क्यानाडामा मृत्युदण्डको सजाय दिने व्यवस्था नभएकाले उनलाई आजीवन कारावासको फैसला सुनाएका हुन् । क्यानाडामा यस्ता गोलीकाण्डलाई निकै दुर्लभ मानिन्छ ।

आक्रमण आतंकवादी मनसायबाट प्रभावित नभएपछि मुसलमान धर्मावलम्बीप्रति अत्यधिक घृणाबाट प्रेरित भएको न्यायाधीश हटले फैसला सुनाएका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : १४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय