ट्यूनिटसियामा सात आतंकवादीलाई आजीवन कारावास « Khabarhub

ट्यूनिटसियामा सात आतंकवादीलाई आजीवन कारावास


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ट्यूनिटसियाको अदालतले सात जना आतंकवादीलाई आजीवन कारावासको सजाय सुनाएको छ । ६० जनाको ज्यान जानेगरी सन् २०१५ मा विभिन्न स्थानमा भएको आक्रमणमा संलग्न भएको आरोपमा उनीहरुलाई जन्मकैदको सजाय सुनाएको हो ।

आक्रमणमा संलग्न भएको आरोप लागेका अन्यलाई भने कम सजाय सुनाइएको जनाइएको छ । त्यसैगरी २७ जना भने रिहा भएका छन् ।

सन् २०१५ को मार्च महिनामा मा ट्यूनिसियाको राजधानी ट्युनिस रहेको ब्राडो सङ्ग्रहालयमा भएको आक्रमणमा अधिकांश पर्यटकसहित २२ जनाको ज्यान गएको थियो भने अरु दर्जनौं घाइते भएका थिए ।

त्यसको तीन महिनापछि तटीय शहर सुसाको समुद्र किनारामा भएको अर्को आक्रमणमा पनि अधिकंश पर्यटकसहित ३८ जनाको ज्यान गएको थियो । आक्रमणका क्रममा सुरक्षा फौजको जवाफी कारबाहीमा ब्राडो सङ्ग्रहालयमा दुई र सुसा किनारामा एक आक्रमणकारीको ज्यान गएको थियो ।

आक्रमणपछि अदालतले दुई बेग्लाबेग्लै इजलास गठन गरेर कानूनी प्रकृया शुरु गरेको थियो । आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो ।
आक्रमणको मुख्य योजनाकार मानिने समसद्दिन अल सन्दी हालसम्म फरार रहेपनि उनी लिबियामा अमेरिकी हवाई कारबाहीमा मारिएको विश्वास गरिन्छ ।
आक्रमणपछि ट्यूनिशियामा जारी संकटकाल अझै हटेको छैन । उसै पनि धराशायी रहेको ट्युनिशियाका पर्यटन उद्योग यी आक्रमणपछि अझ ओरालो लग्दै आएको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : २५ बजे

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?