ट्यूनिटसियामा सात आतंकवादीलाई आजीवन कारावास | Khabarhub Khabarhub

ट्यूनिटसियामा सात आतंकवादीलाई आजीवन कारावास


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ट्यूनिटसियाको अदालतले सात जना आतंकवादीलाई आजीवन कारावासको सजाय सुनाएको छ । ६० जनाको ज्यान जानेगरी सन् २०१५ मा विभिन्न स्थानमा भएको आक्रमणमा संलग्न भएको आरोपमा उनीहरुलाई जन्मकैदको सजाय सुनाएको हो ।

आक्रमणमा संलग्न भएको आरोप लागेका अन्यलाई भने कम सजाय सुनाइएको जनाइएको छ । त्यसैगरी २७ जना भने रिहा भएका छन् ।

सन् २०१५ को मार्च महिनामा मा ट्यूनिसियाको राजधानी ट्युनिस रहेको ब्राडो सङ्ग्रहालयमा भएको आक्रमणमा अधिकांश पर्यटकसहित २२ जनाको ज्यान गएको थियो भने अरु दर्जनौं घाइते भएका थिए ।

त्यसको तीन महिनापछि तटीय शहर सुसाको समुद्र किनारामा भएको अर्को आक्रमणमा पनि अधिकंश पर्यटकसहित ३८ जनाको ज्यान गएको थियो । आक्रमणका क्रममा सुरक्षा फौजको जवाफी कारबाहीमा ब्राडो सङ्ग्रहालयमा दुई र सुसा किनारामा एक आक्रमणकारीको ज्यान गएको थियो ।

आक्रमणपछि अदालतले दुई बेग्लाबेग्लै इजलास गठन गरेर कानूनी प्रकृया शुरु गरेको थियो । आक्रमणको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको थियो ।
आक्रमणको मुख्य योजनाकार मानिने समसद्दिन अल सन्दी हालसम्म फरार रहेपनि उनी लिबियामा अमेरिकी हवाई कारबाहीमा मारिएको विश्वास गरिन्छ ।
आक्रमणपछि ट्यूनिशियामा जारी संकटकाल अझै हटेको छैन । उसै पनि धराशायी रहेको ट्युनिशियाका पर्यटन उद्योग यी आक्रमणपछि अझ ओरालो लग्दै आएको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १० : २५ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका