नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने ! « Khabarhub

नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने !


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी पञ्चाङ्ग (पात्रो) निर्माण गरिने भएको छ ।

दक्षिण एशियाली ज्योतिष महासङ्घको केन्द्रीय वार्षिक महासभाको आज उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले पहिलो चरणमा अमेरिकाको समयअनुसार गणना गरी पात्रो प्रकाशन गर्न लागिएको बताए ।

“धेरै युवायुवती परिवारसहित हाल विदेशमा बसोवास गर्छन्, तिनले यहीबाट प्रकाशन भएको पात्रो लिएर जान्छन्, त्यसैअनुसार पर्व मनाउँछन्”, उनले भने, “यसरी मनाउँदा विसं २०७४ को रक्षाबन्धनका दिन नेपालमा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमै मनाइएको थियो, अमेरिकामा पनि नागपञ्चमीमै मनाइएछ, त्यहाँ ग्रहण थिएन, यो शास्त्रसम्मत भएन ।”

हिमालयको काखमा रहेको नेपाल विश्वकै गुरु भएकाले पनि विश्वका जुन जुन देशले चाहन्छन् तिनीहरुका लागि पञ्चाङ्ग निर्माण गरिने भट्टराईले बताए । यसका लागि उनको अध्यक्षतामा समिति गठन गरिएको विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले जानकारी गराए । उनले विश्वका ज्योतिषहरुको संस्थाले आवश्यक पर्ने देशका लागि पात्रो निर्माण गरिदिने गरी तयारी शुरु गरिएको बताए ।

प्रा श्रीकृष्ण अधिकारीले नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा तिथिको घडी, पला, चाँडपर्वको समय मिले नमिलेको गणना गरी ज्योतिषीले समर्थन वा विरोध गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष सहदेव विष्ट, वरिष्ठ उपाध्यक्ष एवं वाल्मीकि विद्यापीठका उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, ज्योतिषी माधवराज पाण्डे, किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शर्मा, महासङ्घकी सल्लाहकार अम्बिका शर्मा लगायतले ज्योतिषीले शास्त्रभन्दा स्वार्थलाई हेरेर फलादेश, लगन टिप्पणको निर्माण, चर्चामा आउन आचारसंहिता विपरितका काम बढेकाले नियमन गर्न माग गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ३९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६