नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने ! « Khabarhub

नेपाली ज्योतिषीले अमेरिकाको पात्रो बनाउने !


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वका जुनकुनै देशमा रहने नेपालीले आफ्नै संस्कृतिअनुसार त्यहाँको स्थान र समयमा चाँडपर्व मनाउन सकून् भन्ने उद्देश्यले त्यस देशका लागि हुनेगरी पञ्चाङ्ग (पात्रो) निर्माण गरिने भएको छ ।

दक्षिण एशियाली ज्योतिष महासङ्घको केन्द्रीय वार्षिक महासभाको आज उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले पहिलो चरणमा अमेरिकाको समयअनुसार गणना गरी पात्रो प्रकाशन गर्न लागिएको बताए ।

“धेरै युवायुवती परिवारसहित हाल विदेशमा बसोवास गर्छन्, तिनले यहीबाट प्रकाशन भएको पात्रो लिएर जान्छन्, त्यसैअनुसार पर्व मनाउँछन्”, उनले भने, “यसरी मनाउँदा विसं २०७४ को रक्षाबन्धनका दिन नेपालमा चन्द्रग्रहण लागेकाले नागपञ्चमीमै मनाइएको थियो, अमेरिकामा पनि नागपञ्चमीमै मनाइएछ, त्यहाँ ग्रहण थिएन, यो शास्त्रसम्मत भएन ।”

हिमालयको काखमा रहेको नेपाल विश्वकै गुरु भएकाले पनि विश्वका जुन जुन देशले चाहन्छन् तिनीहरुका लागि पञ्चाङ्ग निर्माण गरिने भट्टराईले बताए । यसका लागि उनको अध्यक्षतामा समिति गठन गरिएको विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले जानकारी गराए । उनले विश्वका ज्योतिषहरुको संस्थाले आवश्यक पर्ने देशका लागि पात्रो निर्माण गरिदिने गरी तयारी शुरु गरिएको बताए ।

प्रा श्रीकृष्ण अधिकारीले नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा तिथिको घडी, पला, चाँडपर्वको समय मिले नमिलेको गणना गरी ज्योतिषीले समर्थन वा विरोध गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा महासङ्घका अध्यक्ष सहदेव विष्ट, वरिष्ठ उपाध्यक्ष एवं वाल्मीकि विद्यापीठका उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, ज्योतिषी माधवराज पाण्डे, किराँत ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शर्मा, महासङ्घकी सल्लाहकार अम्बिका शर्मा लगायतले ज्योतिषीले शास्त्रभन्दा स्वार्थलाई हेरेर फलादेश, लगन टिप्पणको निर्माण, चर्चामा आउन आचारसंहिता विपरितका काम बढेकाले नियमन गर्न माग गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ३९ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी