बाढी पहिरोमा परी चिली र पेरुमा आठको मृत्यु « Khabarhub

बाढी पहिरोमा परी चिली र पेरुमा आठको मृत्यु


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अमेरिकी मुलुकहरु पेरु र चिलीमा भारी वर्षापछि बाढी र पहिरोमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकाको प्रशान्त महासागरको तटमा पर्ने क्षेत्रमा पहिरो गएको हो ।
मारिनेमा पेरुका ५ जना छन् । भारी वर्षाले दक्षिणी पेरुको अरेकुपा क्षेत्रका दुई शहरमा ठूलो क्षति निम्त्याएको अधिकारीले जनाएका छन् । त्यस्तै, पेरुकै दक्षिणी क्षेत्रहरु मोकेगुवा र टाक्ना क्षेत्रका विभिन्न शहरमा पनि संकटकालको घोषणा गरिएको छ ।
त्यस्तै, बाढी र पहिराले चिलीमा अरु ३ जनाको ज्यान लिएको जनाइएको छ । चिलीको उत्तरी प्रान्तहरु एल लोआ र एन्टोफागास्टामा ठूलो क्षति निम्त्याएको अधिकारीले जनाएका छन् ।
बाढी र पहिरोले उत्तरी चिली र दक्षिणी पेरुमा सडक, खानेपानी, सञ्चार, विद्युतलगायतका पूर्वाधारमा क्षति पुगेको सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक दक्षिण अमेरिकाका अन्य मुलुकहरु अर्जेन्टिना, बोलिभिया लगायतका मुलुकमा पनि भारी वर्षा भइरहेको छ ।
प्रशान्त महासागरको एल निनो नामक मौसमी प्रभावले दक्षिण अमेरिकाको ठूलो क्षेत्रमा भारी वर्षा भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग