बाढी पहिरोमा परी चिली र पेरुमा आठको मृत्यु | Khabarhub Khabarhub

बाढी पहिरोमा परी चिली र पेरुमा आठको मृत्यु


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अमेरिकी मुलुकहरु पेरु र चिलीमा भारी वर्षापछि बाढी र पहिरोमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । दक्षिण अमेरिकाको प्रशान्त महासागरको तटमा पर्ने क्षेत्रमा पहिरो गएको हो ।
मारिनेमा पेरुका ५ जना छन् । भारी वर्षाले दक्षिणी पेरुको अरेकुपा क्षेत्रका दुई शहरमा ठूलो क्षति निम्त्याएको अधिकारीले जनाएका छन् । त्यस्तै, पेरुकै दक्षिणी क्षेत्रहरु मोकेगुवा र टाक्ना क्षेत्रका विभिन्न शहरमा पनि संकटकालको घोषणा गरिएको छ ।
त्यस्तै, बाढी र पहिराले चिलीमा अरु ३ जनाको ज्यान लिएको जनाइएको छ । चिलीको उत्तरी प्रान्तहरु एल लोआ र एन्टोफागास्टामा ठूलो क्षति निम्त्याएको अधिकारीले जनाएका छन् ।
बाढी र पहिरोले उत्तरी चिली र दक्षिणी पेरुमा सडक, खानेपानी, सञ्चार, विद्युतलगायतका पूर्वाधारमा क्षति पुगेको सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक दक्षिण अमेरिकाका अन्य मुलुकहरु अर्जेन्टिना, बोलिभिया लगायतका मुलुकमा पनि भारी वर्षा भइरहेको छ ।
प्रशान्त महासागरको एल निनो नामक मौसमी प्रभावले दक्षिण अमेरिकाको ठूलो क्षेत्रमा भारी वर्षा भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ४९ बजे

पुटिनसँगको वार्तापछि ट्रम्पले भने : अब रुस-युक्रेन युद्ध अन्त्य हुन्छ

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल

आईपीएल : लखनउ बाहिरियो, हैदरावादको जितमा अभिषेकले बनाए १८ बलमा अर्धशतक

काठमाडौं – यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ

आज २०८२ साल जेठ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ६ गते मंगलबार। जेठ