‘क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्छ’ « Khabarhub

‘क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्छ’


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– दूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

सोमबारदेखि धनगढीमा शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै उनले क्रिकेट मैदानलाई प्रदेशको गौरवको योजनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । वर्षाका कारण प्रतियोगिता हुने सो मैदानमा पानी जमेपछि खेल तालिका दुई दिनपछि सारिएको छ ।

समारोहमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’बाट र नेपाली क्रिकेटका पहिलो आधिकारिक प्रशिक्षक सुनोज भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ द्वारा सम्मानित गरिएको छ । उनीहरुलाई जनही  एक लाख प्रदान गरेर सम्मानित गरिएको हो ।

सोमबार हुने पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । प्रतियोगिताका लागि पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ०८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया