हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव | Khabarhub Khabarhub

हनुमन्ते पुलमुनि भेटियो बालिकाको शव


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –  मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि आज एक बालिकाको शव भेटिएको छ । थिमिको राधेराधेसँगैको हनुमन्ते खोलाको पुलमुनि अनुहार चिन्न नसक्ने अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको बताए ।

बालिकको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनले बालिकाको हत्या वा अरू के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताउँदै घटनाको अनुसन्धान भने शुरु गरेको बताए । बालिकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : १४ बजे

संखुवासभामा सभाखोलाले बगाउँदा एकजनाको ज्यान गयो

संखुवासभा – संखुवासभाको सभाखोलाले बगाउँदा एकजना पुरुषको ज्यान गएको छ

नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात

काठमाडौं– नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुर्दा पाँचथरका २५ वर्षीय युवकको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुर्दा २५ वर्षीय युवकको ज्यान

जसपा नेपालले रोक्यो निर्वाचन प्रक्रिया, सबै पदको टुंगो सहमतिबाट लगाइँदै

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय

खिम्ती-२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौं– पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती–२ जलविद्युत् आयोजनाको शेयर