सिन्धुलीको कपिलाकोटमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाइ फायर « Khabarhub

सिन्धुलीको कपिलाकोटमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाइ फायर


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको कपिलाकोटा इलाका प्रहरी कार्यलयमा अभियुक्त पक्ष र प्रहरीबीच झडप भएको छ ।

प्रहरी र अभियुक्त पक्षको झडप नियन्त्रण गर्न प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ ।

जिल्लाको मरिण गाउँपालिका–६ मा बिहीवार राति विवाहको भोजपछि झडप हुँदा नियन्त्रणमा लिइएको व्यक्तिको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

विवाहमा झडप गर्नेमध्ये स्थानीय गणेश कोलीलाई नियन्त्रणमा लिएपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुङ्गामुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले खबरहबलाई जानकारी दिए ।

एसपी सिंहका अनुसार स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेको हो ।

स्थानीयले भने प्रहरीबाट जथाभावी गोली प्रहार भएको आरोप लगाएका छन् । स्थानीयका अनुसार प्रहरीले २० राउन्ड हवाइ फायर गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २६ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार