भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल | Khabarhub Khabarhub

भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-२० जेठ मध्यराति नेपालगन्जको होटल वाटिकाबाट भारतीय सेनामा भर्ती गराइदिने भन्दै लिएको ३८ लाखसहित सात जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

घटनाका प्रत्यक्षदर्शी नेपाल भूतपूर्व सैनिक समितिका बाँके जिल्ला अध्यक्ष भीम रानाका अनुसार प्रहरीले होटलको १०२ नम्बर कोठाबाट चितवनका रामकाजी पाण्डे, पोखराका सुजाता पाठक र शर्मिला अधिकारीबाट ६ लाख ५० हजार, १०४ नं. कोठामा बसेका पोखराकै अर्जुन पौडेलबाट २६ लाख ५० हजार र १०६ नं. कोठाबाट रुपन्देही तिलोतमा नगरपालिकाका नीरबहादुर थापाबाट ५ लाख गरी ३८ लाख रंगेहात फेला पार्‍यो। घुसमा संलग्न भएको अभियोगमा पोखराका एकबहादुर गुरुङ र सूर्यबहादुर थापालाई पनि नियन्त्रणमा लियो।

‘लिखित परीक्षाको प्रश्नपत्र आउट गर्ने नाममा एक जना ब्यक्तिबाट एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँ लिएको पाइयो’, अध्यक्ष राना भन्छन्।

नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा जेठ १६–२१ सम्म चलेको छनोटमा ८ सय ९६ जनाले लिखित परीक्षा दिएका थिए। वाटिका होटलमा खान तलासी गर्दा प्रहरीले अभियुक्तहरूबाट नगदसहित ८५ वटा मोबाइल पनि नियन्त्रणमा लिएको थियो।

भर्ती हुन आएका युवाले पैसा बुझाएपछि मोबाइल कब्जामा लिएको आशंका छ। पैसा बुझाउनेमध्ये धेरैले २/२ लाख दिएको बताएका छन्। कतिले तीन लाख त कतिले पाँच लाखसम्म पनि बुझाएका छन्। औसत तीन लाखका दरले हिसाब गर्दा ८५ जनाबाट मात्र कम्तीमा पनि दुई करोड ५० लाख रुपैयाँ असुलेको सहजै अनुमान गर्न सकिन्छ।

त्यस्तै पत्रिकाले तलतल गयो मधेसमा पानी शीर्षकमा अर्को समाचार छापेको छ । यतिबेला जनकपुर र महोत्तरीका अधिकांश ठाउँमा पानीको मुहान, चापाकल, इनार सुकेका छन्। चार सय फिट खनेर ह्यान्ड पाइप जडान गरे पनि बिहान अलिकअलि पानी आउँछ। तर, घाम उदाएपछि सुक्छ ।

‘हाम्रो पालामा ४० फिटमा पिउनयोग्य पानी पाइन्थ्यो। अहिले १ सय फिट गाड्दा पनि पिउनयोग्य पानी भेटिँदैन’, जनकपुरका वरिष्ठ पत्रकार विष्णुमणि खनालले अनुभव सुनाए, ‘पानी आइहाले पनि सुक्खामौसममा सुकेर जान्छ।’

पानी अभाव हुनुमा चुरे विनाश मुख्य कारण रहेको उनको ठम्याइ छ। उनी भन्छन्, ‘तराईमधेसको चुरे जंगललाई जोगाउन नसके भित्री तराईमधेस मरुभूमिमा परिणत हुन्छ, अनि हामीले गाईभैंसी पाल्न छोडेर उँट पाल्नुपर्नेछ।’

धनुषाको पूर्वपश्चिम राजमार्गमा पाँचवर्ष पहिले ५०–६० फिटमा पानीको सतह पाइन्थ्यो। अहिले सोही स्थानमा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वरका इन्जिनियर विजय यादव बताउँछन्। ‘वैज्ञानिक कारण त अनुसन्धानबाट पत्ता लाग्ने विषय हो। सरसर्ती हेर्दा पानी रिजर्भ नभएका कारण सतह तल गएको देखिन्छ।’

खानेपानी कार्यालय जनकपुरका प्रमुख विनोद मि श्रका अनुसार चुरे विनाशले पानीको सतह घट्दै गएको हो। उनले भने, ‘चुरे क्षेत्रको जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा पानीको सतह घट्न गई हाहाकार मच्चिन लागेको हो। ’

सामुदायिक वन उपभोक्ता महासंघ धनुषाका अध्यक्ष सोम शर्माले पनि चुरे क्षेत्रको अत्यधिक दोहनले पानीको मुहान सुक्न थालेको बताए। उनले भने, ‘हुनेखानेले त जारको पानी किनेर तिर्खा मेटिरहेका छन्, नहुनेले घन्टौं हिँडेर पानीको जोहो गर्छन्।’ उनले माथिल्लो क्षेत्रमा पानीको रिचार्ज हुन नपाउँदा पानीको सतह तल जान थालेको बताए।

देशभरका गुठी जग्गा अतिक्रमित शीर्षकको समाचारमा देशभर गुठी एवं संस्थाको जग्गा अतिक्रमण बढेको छ। गुठी संस्थानका ७० जिल्लामा जग्गा छन्। अधिकांश जिल्लाको गुठी अतिक्रमणमा परेको छ। तर कति अतिक्रमण भयो भन्ने तथ्यांक गुठी संस्थानसँग पनि छैन। संस्थानका प्रवक्ता सरोज थपलिया गुठीको जग्गाको यथार्थ विवरण नभएको स्वीकार गर्छन्। ‘जग्गाको विवरण त छैन अतिक्रमणको तथ्यांक कहाँ हुनु’, उनले भने, ‘तर जताततै गुठीका जग्गा अतिक्रमण भएको छ।’

गुठी संस्थानले संकलन गरेको विवरणअनुसार गुठीको पहाडमा ५ लाख ६१ हजार ९९० र तराईमा ६६ हजार ३३० विघा जग्गा छ। पहाडको होस् वा तराई गुठीको जग्गा अतिक्रमणमा परेको छ। महालेखा प्रतिवेदनले पनि गुठीको जग्गा देशभर अतिक्रमण भएको जनाएको छ। देशभर राजगुठी दुई हजार २८२, गुठीका देवस्थल मठमन्दिर ७१७, पार्टी पौवा ६४७, पोखरी १५९, जात्रा पर्व काठमाडौं उपत्यकामा भित्र २ हजार १३ सूचीकृत भएको गुठी संस्थानले जनाएको छ।

महालेखा प्रतिवेदनअनुसार धनुषामा १७ विघा, महोत्तरीमा ७२ विघा, बारामा २७ विघा, काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी, पर्सामा ७ विघा, भक्तपुरमा २ रोपनी जग्गा अतिक्रमण भएको छ। यो विवरणभन्दा अझै बढी जग्गा मासिएको हुन सक्ने अनुमान छ। जनकपुरमा मात्रै १० हजार विघा जग्गा अतिक्रमणको चपेटामा परेको तथ्य भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको नयाँ प्रतिवेदनमा छ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : ११ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी