७ जनासँग शारीरिक सम्पर्क राख्दै गर्दा कतारकी राजकुमारी रंगेहात पक्राउ « Khabarhub

७ जनासँग शारीरिक सम्पर्क राख्दै गर्दा कतारकी राजकुमारी रंगेहात पक्राउ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्लो समय यौनसँग जोडिएका धेरै समाचार बाहिर आउने गरेका छन् ।

शारीरिक सम्बन्ध राख्ने क्रममा पक्राउ पर्ने गरेका घटना पनि धेरै छन् । नेपालमा पनि प्रहरीले विभिन्न होटलमा छापा मार्नेक्रममा रंगेहात पक्राउ पर्ने जोडीको नाम सार्वजिनक गर्ने गरेको छ । तर यहाँ हामी यस्तो घटना सार्वजनिक भएको छ, जुन घटनाले तपाईंलाई आश्चर्यचकित बनाउने छ । यो घटना २ वर्ष अघिको हो ।

घटना बेलायतको हो अनि पात्र कतारकी राजकुमारी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।

लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।

राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी थिइनर ।

राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : २७ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी