साउदी विमानस्थललाई लक्षित गरी हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण गरेको दाबी | Khabarhub Khabarhub

साउदी विमानस्थललाई लक्षित गरी हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण गरेको दाबी


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साना–यमनमा सक्रिय क्रिय शिया विद्रोही समूह हुथीले साउदी अरबको जिजान शहरमा रहेको विमानस्थलमा चालकरहित ड्रोन विमानबाट आक्रमण गरेको दाबी गरेको छ ।

हुथी विद्रोही समर्थित यमनको अल मशिराह टेलिभिजनले जिजान शहरमा रहेको विमानस्थलस्थित ड्रोन विमान राखिएको स्थानमा आक्रमण गरेको दाबी गरेको हो ।

घटनामा भएको क्षतिको विवरण भने मशिरा टेलिभिजनले सार्वजनिक गरेको छैन । घटनाबारे साउदी पक्षबाट पनि केही टिप्पणी आइसकेको छैन ।

साउदी अरबले पछिल्ला केही वर्षयता क्षेत्रीय प्रतिद्वन्द्वी इरान समर्थित हुथी विद्रोहीविरुद्ध यमनमा हवाई आक्रमण गर्दै आएको छ ।

यमनको सीमानजिक रहेको जिजान शहरमा हुथी विद्रोहीले बेलाबेला आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ०२ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय