निमा र राहुलले जिते छैठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको उपाधि « Khabarhub

निमा र राहुलले जिते छैठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको उपाधि


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छैठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१९ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नतजा सार्वजनिक गरिएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को आयोजनामा हरेक वर्ष हुँदै आएको ओलम्पियाड यही जेठ १८ देखि २४ गतेसम्म सञ्चालन भएको थियो ।

बन्द शिविरमा सात प्रदेशमा सञ्चालन भएको प्रथम र दोस्रो चरणबाट छानिएका ३० विद्यालयका ३६ विधार्थी सहभागी थिए । यस बर्ष सिनियरतर्फ जेभियर ईण्टरनेसनल कलेज कालोपुल–काठमाडौंका निमा हेल्मो तथा जुनियरतर्फ सिद्धार्थ शिशु सदन –जनकपुर, धनुषाका राहुल रञ्जन साह प्रथम भएका छन् ।

बन्द शिविर काठमाडौँ बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा सञ्चालन गरिएको थियो । बन्द शिविरमा छनौट भएका विद्यार्थीलाई खगोल विज्ञान सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिएको थियो ।

शिविरमा उत्किृष्ट प्रदर्शन गर्ने विधार्थीलाई यस वर्ष सञ्चालन हुने विभिन्न अन्तर्रास्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा सहभागी हुने अवसर प्रदान गरिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १२ : ५७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण