ठूलो दुर्घटनाबाट जोगियो दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको विमान « Khabarhub

ठूलो दुर्घटनाबाट जोगियो दिल्ली उड्न लागेको नेपाल एयरलाइन्सको विमान


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ ।

काठमाडौंबाट दिल्लीका लागि उडान भर्ने तयारी गरेको जहाज दुर्घटनाबाट जोगिएको हो ।

कल साइन २०५ को एयरबस ३२०–२०० जहाज आइतवार विहान ८ बजे दिल्लीको जाने तयारी गर्दै रनवेमा आएपछि पुन पार्किङ तर्फ गएको थियो । यसरी फर्कनुको कारण हो जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम(आईआरएस) अन नगरिनु । आइआरएस अन नगरि विमान पार्किङ स्थलबाट रनवे तर्फ लगिएको थियो ।

पाकिस्तानी पाइलट मोहमद घानी र नेपाली को पाइलट उद्धव घिमिरेले ख्याल नगर्दा सिस्टम नै अन नगरी विमान रनवेमा लगिएको थियो । टेक अफको तयारी गर्दै गर्दा सिस्टम अन नभएको थाहा भएपछि विमानलाई पुन पार्किङमा लगिएको थियो ।

आईआरएस सिस्टमले पूर्ण रुपमा काम गर्न करीब १० मिनेटको समय लाग्छ । यदी आईआरएस सिस्टम अन नगरी विमानले उडान भरेको भए ठूला दुर्घटना हुन सक्ने सम्भावना हुन्थ्यो । तर रनवेमा पुगेपछि सिस्टम अन नभएको बारे थाहा पाएसँगै ठूलो दुर्घटनाबाट विमान जोगिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  २ : १२ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम