इपीएस परीक्षामा ८ हजार सहभागी भएनन्, अरुको जाँच दिन जाने १ सय ५६ पक्राउ « Khabarhub

इपीएस परीक्षामा ८ हजार सहभागी भएनन्, अरुको जाँच दिन जाने १ सय ५६ पक्राउ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि लिइने कोरियन भाषा परीक्षा आइतवार सम्पन्न भएको छ ।

सन् २०२० का लागि ९२ हजार ३ सय ५६ जना परीक्षार्थीले आवेदन भरेका थिए । जसमध्ये ८४ हजार २ सय १५ जना कोरियन भाषा परीक्षामा सामेल भएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । अरुको नामको परीक्षामा सहभागी १ सय ५६ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

सन् २०२० का लागि भाषा परीक्षा आवेदन दिएका मध्ये ८ हजार १ सय ४१ जना परीक्षामा सामेल नभएको शाखाले जानकारी दिएको छ ।
शनिबार र आइतबार काठमाडौं र पोखरामा गरि ३२ वटा केन्द्रमा भाषा परिक्षा सञ्चालन भएको थियो ।

कोरियन भाषा परीक्षा शन्तिपुर्ण भएको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका प्रमुख कृष्ण प्रसाद खनालले जानकारी दिए । परीक्षाको अनुगमनका लागि कोरियाको मानव सशाधन मन्त्रालयबाट ९७ जना टोली नेपाल आएका थिए ।

जसमा पोखरामा २५ र अन्य उपत्यकामा खाटिएको प्रमुख खनालले जानकारी दिए । नेपालबाट कोरिया सरकारले सन् २००८ देखि कोरियन भाषा परीक्षामार्फत कामदार लिन सुरु गरेको थियो ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ । यस परीक्षाबाट उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार छनोट गरी लैजान भएको हो ।

कोरियन भाषा परीक्षाको नतिजा आगामी १३ असारमा प्रकाशित हुने शाखाले जानकारी दिएको छ । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । गत वर्ष भाषा परिक्षा उत्तीर्ण परीक्षार्थी हाल कोरिया गइरहेका छन् । सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम गत ८ चैतबाट खुला भएको थियो ।

पछिल्लो समय कोरियन भाषामार्फत रोजगारीमा जाने नेपाली युवाको आकर्षण बढ्दो छ । देशमा रोजगारीको अवसर नभएका कारण कोरिया जान चाहेको परीक्षामा सहभागीहरुले बताए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ४ : ५५ बजे

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,

बालेनबारे सुदनको कटाक्ष : जनताले देशको चाबी दिए, ड्राइभर एम्बुलेन्सको परेछ

काठमाडौं- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख