नेहा कक्करको कार्यक्रममा लफडा, ३ जना पक्राउ « Khabarhub

नेहा कक्करको कार्यक्रममा लफडा, ३ जना पक्राउ


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गायिका नेहा कक्करले नेपालमा प्रस्तुति दिएको पहिलो कार्यक्रममा तनाव भएको छ । काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा शनिवार राति भएको ‘नेहा कक्कर लाइभ शो’मा तनाव सिर्जना भएको हो । कार्यक्रममा सिट क्षमताभन्दा बढी मान्छे आएपछि समस्या उत्पन्न भएको थियो ।

आयोजक प्यारामाउन्ट इन्टरटेनमेन्ट प्रालिले दर्शकको सिट क्षमताभन्दा बढी टिकट बेचेको भन्दै दर्शक बिच्किएका थिए । कार्यक्रम स्थलमा तनाव सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

कार्यक्रम स्थलबाट आयोजक दीपक घिमिरे र लर्ड क्लबका सञ्चालक भुपेन गिरीलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै अर्का सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

यसबारेमा थप अनुसन्धान भइरहेको छ । पहिलोपटक नेहा कक्कर नेपालमा प्रस्तुति दिन आउने भएपछि टिकटको अग्रिम बूकिङ नै आक्रामक बनेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा थुनामा राखिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ६ : ०५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन