नेप्सेको ‘ए’ बर्गमा पाँच वाणिज्य बैंक मात्र (सूचीसहित) | Khabarhub Khabarhub

नेप्सेको ‘ए’ बर्गमा पाँच वाणिज्य बैंक मात्र (सूचीसहित)


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत २ सय ७ कम्पनीमध्ये ५ कम्पनी ‘ए’ वर्गमा वर्गीकरण भएका छन् ।

नेप्सेले जारी गरेको वर्गीकरण अनुसार ‘ए’ वर्गमा परेका सबै कम्पनीहरु वाणिज्य बैंकहरु मात्र रहेका छन् । नेप्सेको वर्गीकरण अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबी र सनराइज बैंक ‘ए’ वर्गमा परेका छन् ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ अनुसार गत साउन १ गतेदेखि उक्त सूचीकरणको व्यवस्था कार्यान्वयमा ल्याएको थियो । संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा नेप्सेले कम्पनीहरुलाई वर्गिकरण गर्न पाउने व्यवस्था नियमावलीमा मिलाइएको छ ।

विभिन्न कम्पनीको तस्रो त्रैमासिक प्रगति विवरणको अधारमा यस वर्ष नेप्सेले सार्वजनिक गरेको वर्गीकरण अुनसार ‘ए’ वर्गमा जम्मा ५ कम्पनीहरु परेका छन् ।  ‘बी’ वर्गमा भने कुनै पनि कम्पनी परेका छैनन् । त्यस्तै, ‘जी’ वर्गमा ३४ कम्पनी परेका छन् भने सबैभन्दा धेरै (१६८ वटा) कम्पनी ‘जेड’ वर्गमा परेका छन् ।

वर्गीकरणको सूची:

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : ४० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये