जागरण अभियानले पार्टीमा नवीन ऊर्जाः सभापति देउवा « Khabarhub

जागरण अभियानले पार्टीमा नवीन ऊर्जाः सभापति देउवा


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आइतबार जारी गरेको विज्ञप्तिमा वैशाख २५ गते शुरु भई यही जेठ २५ गते सम्पन्न भएको राष्ट्रिय जागरण अभियानले पार्टीका नेता तथा कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि भई सम्पन्न भएको जनाइएको छ ।

कांग्रेसको अभियानप्रति चासो प्रकट गर्दै शुभेच्छा राख्नुहुने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सम्मान प्रकट गर्दै गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्ने केन्द्रीय प्रतिनिधिको क्रियाशीलताको सभापति देउवाले प्रशंसा गरेका छन् ।

जागरण अभियानका क्रममा कुशल नेतृत्व गर्ने सबै जिल्ला सभापति र जिल्ला समिति, क्षेत्र, गाउँ–नगर समितिदेखि वडा र टोलसम्मका सबैलाई कांग्रेसले बधाई ज्ञापन गरेको छ । कांग्रेसले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढाउने सङ्कल्प गरेको छ ।

सभापति देउवाले अधिनायकवाद उन्मुख वर्तमान सरकारका गतिविधिविरुद्ध थप जागरण बढाउँदै एकताबद्ध ढङ्गले अगाडि बढ्न सबैलाई अपिल गरेका छन्। कांग्रेसले लोकतान्त्रिक संविधानको रक्षा र संविधानप्रति अपनत्वको दायरा विस्तार गरी सङ्घीयताको सफल कार्यान्वयन गर्न÷गराउन दबाबको प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : २८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते