उचाईभन्दा लामो कपाल भएकी यी किशोरी जसलाई ‘रपुञ्जेल’को उपमा « Khabarhub

उचाईभन्दा लामो कपाल भएकी यी किशोरी जसलाई ‘रपुञ्जेल’को उपमा


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै नै लामो कपाल भएकी महिलाबारे हामीले प्रायः दन्त्यकथाहरुमा सुन्दै आएका हौं । लामो कपाल सम्हाल्न गाह्रो हुने र स्याहार चाहिने भएकाले आजकल महिलाहरु कपाल छोटै पाल्ने गरेका छन् ।

भारतकी एक किशोरीको कपाल भने उनको आफ्नो उचाईभन्दा पनि लामो छ । ५ फिट ७ इन्च लामो कपाल भएकी भारत गुजरातकी १६ वर्षे किशोरी नीलांशी पटेलले सबैभन्दा लामो कपालको समेत कीर्तिमान राख्न सफल भएकी छिन् ।

उनको नाम गिनिज बुकमा समेत दर्ता भएको छ । खासमा उनले ६ वर्षको उमेरदेखि हालसम्म कपाल काटेकी छैनन् । ६ वर्षको उमेरमा कपाल काट्दा बिग्रिएपछि उनले कपाल काट्नै छाडेकी हुन् । त्यसयता दश वर्षमा उनको कपाल ह्वात्तै बढेर एउटा सामान्य मानिसको उचाइजत्रो भइसकेको छ ।

उनको कपालकै कारण उनका साथीहरुले उनलाई ‘रपुञ्जेल’ भनेर समेत बोलाउने गरेका छन् ।

धेरै लामो कपाल भएका कारण कपाल स्याहार्न भने उनी एक्लै सक्दिनन् । उनकी आमाले उनको कपाल स्याहार्न सघाउने गरेकी छिन् । उनी सातामा एकदिन नुहाउँछिन् । उनको कपाल सुक्न एक घण्टा भन्दा धेरै लाग्छ भने कपाल कोर्न घण्टौं लाग्छ ।

कपाल पाल्ने आफ्नो निर्णयमा परिवारको समेत साथ रहेको उनी बताउँछिन् ।

कपाल धेरै लामो भएपनि उनले प्रायः जुरो बाँध्ने गरेकाले नियमित काम गर्न अफ्ठ्यारो नहुने बताउँछिन् ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ५ : ४२ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी