विकराल बन्दै विषादी : स्वास्थ्यमा जोखिम « Khabarhub

विकराल बन्दै विषादी : स्वास्थ्यमा जोखिम


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तरकारी र फलफूलको गुणस्तर परीक्षण नगरी खाँदा नागरिकको स्वास्थ्य जोखिममा पर्ने चिन्ता चिकित्सकहरुले गरेका छन् । विषादीयुक्त सागसब्जी र फलफूल निर्वाध रुपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको उनीहरुको दाबी रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता हुने, दिसा लागिरहने लगायतका समस्या देखिन्छ। लामो समयसम्म विषादीयुक्त तरकारीको सेवनले मुटु, फोक्सो, मिर्गौलालगायत संवेदनशील अंगमा क्षति पुग्ने केसीले बताए। ‘कलिलो उमेरमै हृदयाघात, मिर्गौला फेल र क्यान्सर हुनुमा विषादी हालिएको तरकारी एवं फलफूल सेवन पनि हो’, उनले भने। डा. केसीले विषादीको जाँच नगर्नु जनस्वास्थ्यका दृष्टिले जघन्य अपराध भएको बताए।

जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तुको निर्बाध बेचबिखन र उपयोग भइरहेको छ। तरकारी एवं फलफूलमा विषादीको मात्रा र अवस्था परीक्षण गर्ने विश्वसनीय संयन्त्र छैन। ‘एउटा लेबलभन्दा बढी विषादीको प्रयोग भएको छ भने स्वास्थ्यमा असर गर्छ। विषादीको मात्रा र युवा अवस्थामै कपाल फुल्ने, उच्च रक्तचाप र हर्मोनसम्बन्धी समस्या देखिएको छ’, श्वासप्रश्वास विशेषज्ञ डा. करवीरनाथ योगीले भने।

विकसित मुलुकले ५० वर्षअघि प्रयोग गरेको कीटनाशक औषधि अहिले नेपाल र भारतमा प्रयोग भइरहेको छ। डा. योगीले भने, ‘स्वास्थ्यमा असर परेको पुष्टि भएपछि विकसित देशले विषादी प्रयोग बन्द गरिसके। हामी भने प्रयोग गरिरहेका छौं।’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ सरकारको निर्णयले जनस्वास्थ्यमा खेलवाड भएको बताउँछन्। विषादीयुक्त तरकारी एवं फलफूल सेवनले तत्काल पेटको समस्या देखिएपछि कलेजो, मुटु, मिर्गौलामा पनि असर गर्ने उनले बताए। विषादीको मात्रा र अवस्थाको जाँच नै नगरिएका फलफूल र तरकारी खाँदा पर्ने असरबारे संघले जनतालाई सुसूचित गराउने उनले बताए।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्