यौनसम्पर्क गर्न नमानेपछि पत्नीले लोग्नेको लिंग काटिन् « Khabarhub

यौनसम्पर्क गर्न नमानेपछि पत्नीले लोग्नेको लिंग काटिन्


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कम्पाला–यौनसम्पर्क गर्न नमानेपछि एक जँड्याहा स्वास्नीले लोग्नेको लिंग नै काटिदिएकी छिन् ।

घटना अफ्रिकी मुलुक युगाण्डाको हो, जहाँको अपाक जिल्लामा ३५ वर्षे बट्रिस अकेनले आफ्ना ४६ वर्षे लोग्नेको लिंग काटिदिएकी हुन् । लिंग काटिएका मोजिज ओकोट अहिले जीवनका लागि संघर्ष गरिरहेको प्रहरीले जनाएको छ ।

राति दश बजे जाँड खाएर घर फर्केकी उनले आफ्ना लाग्नेसँग यौनसम्पर्क गर्न चाहेपनि लोग्नेले अस्वीकार गरेका थिए । त्यसपछि रिसले चूर भएकी उनले लोग्नेको लिंग काटेकी हुन् ।

‘म बेलुकी ७ बजे शिकार खेलेर घर फर्किँदा उ घरमा थिइन ।’ ओकोटले भने, ‘छोरीले पस्केको खाना खाएलगत्तै म सुत्न हिँडे । उ राती १० बजे टिल्ल जाँड खाएर घर फर्की । उ ढोका खोलिदिन चिच्याइरहेकी थिई ।’

ओकोटले स्थानीय अखबारलाई भने, ‘मेरो शरीरमा हल्का पीडा भइरहेको थियो । उठेर हेर्दा त मेरो पाइण्ट पूरै रगतले लतपतिएको थियो ।’

उनका अनुसार उनले यौनसम्पर्क गर्न अस्वीकार गरेपछि आफ्नी स्वास्नीले लिंग काटिदिएकी हुन् । ओकोटका अनुसार उनी हरेक रक्सी खाएपछि यसरी नै चिच्याउँदै घर फर्किन्थिन् । लोग्ने भएको नाताले ओकोटका लागि यो असह्य थियो । त्यसपछि उनले यसैको दण्डस्वरुप आफ्नी स्वास्नीसँग यौनसम्पर्क गर्न अस्वीकार गरेका थिए ।

त्यसैको रिसले आफ्नो लिंग काटिएको ओकोटको दाबी छ । आफ्नै लोग्नेको लिंग काट्ने बट्रिस अकेन अहिले फरार छिन् । प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको