उत्तर प्रदेशमा बस दुर्घटनामा २९ जनाको मृत्यु « Khabarhub

उत्तर प्रदेशमा बस दुर्घटनामा २९ जनाको मृत्यु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ- भारतको उत्तर प्रदेशमा यात्रुवाहक बस दुर्घटनामा हुँदा २९ जनाको मृत्यु भएको छ ।

सोमवार बिहान भएको दुर्घटना प्रदेश राजधानी लखनउभन्दा ३३६ किलोमिटर टाढा आगरा शहर नजिकै भएको हो । बसमा ५० जना जति यात्रु रहेको र लखनउबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ जाँदै गर्दा सडकबाट पल्टिएको लखनउ प्रहरीले जनाएको छ ।

भारतमा प्रत्येक चार मिनेटमा एउटा सडक दुर्घटना हुने गरेको तथ्यांक रहेको बीबीसीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० जनालाई स्थानीय बासिन्दाले उद्दार गरेका थिए ।

प्रहरीका अनुसार चालक निदाएर दुर्घटना भएको हो । चालकले निदाएर होस गुमाएपछी दुई तले बस नालीमा पल्टेको थियो।

नयाँ दिल्लीबाट आगरासम्मको १६५ किमी लामो यमुना द्रुतमार्ग भारतकै सबैभन्दा लामो छ लेनको सडक हो। अधिकारीहरूका अनुसार सन् २०१२ मा सो द्रुतमार्ग खुले यता त्यहाँ भएका दुर्घटनाहरूमा करिब ९०० मानिसहरूले ज्यान गुमाएका छन्।

भारतमा आवश्यक मर्मत सम्भार नगरिएका वाहन, नराम्रो तरिकाले गाडी हाँक्नु र सडकको अवस्थालाई सडक दुर्घटनाको कारक मान्ने गरिएको छ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार