बालुवाटारमा बेलुका बस्ने गरी सकियो मन्त्रिपरिषद बैठक | Khabarhub Khabarhub

बालुवाटारमा बेलुका बस्ने गरी सकियो मन्त्रिपरिषद बैठक


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मंगलबार बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले खबरहबलाई जानकारी दिए ।

आजको बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएको र उनीहरुको सहभागितामा बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बैठक बस्ने गरी बैठक टु‌गिएको हो ।

बैठकमा विषादीयुक्त तरकारीका विषयमा सरकारले गरेको निर्णय, मन्त्रिपरिषदका सदस्यको फेरबदल लगायतका विषयमा छलफ‍ल हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  १० : २१ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड