‘गुणरत्न माला’ पुन:प्रकाशन गर्न साहित्यकारको माग « Khabarhub

‘गुणरत्न माला’ पुन:प्रकाशन गर्न साहित्यकारको माग


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – बालकदेखि वृद्धसम्मका लागि उपदेशमूलक ग्रन्थ ‘गुणरत्न माला’लाई व्याख्यासहित पुन:प्रकाशन गरिनुपर्नेमा जोड दिइएको छ ।

कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको काव्यसभाका वक्ता साहित्यकारहरुले करीब १०० वर्षअघि प्रकाशन भएको गुणरत्न मालालाई पुन: प्रकाशन गरे समाजलाई फेरि सच्चरित्रमा फर्काउन सकिने बताए ।

साहित्यकार रमेशप्रसाद खकुरेलले समाजको घाउ निचोर्न सक्ने स्रष्टाको आवश्यकता रहेको उल्लेख गर्दै समाजलाई सही मार्गमा डो¥याउन गुणरत्न मालाजस्ता ग्रन्थको उपदेश एवं सच्चरित्रता चाहिने बताए ।

कार्यक्रममा साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, प्राज्ञ लक्ष्मी उप्रेती, कुन्ता शर्मा, प्रतिष्ठानका अध्यक्ष राधिका गुरागाईँ, उपाध्यक्ष ऋषिप्रसाद दाहाललगायतले कवि गुरागाइँका अप्रकाशित कृति अनुसन्धान गरी सार्वजनिक गरिनुपर्ने विचार राखे ।

विसं १९५७ असार २३ गते जन्मनुभएका कवि गुरागाइँको निधन २०२३ कात्तिक २६ गते भएको थियो । उनको ११९औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई दर्जन बढी कवि एवं कवयित्रीले रचना पाठ गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ११ : ५५ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ